काभ्रेमा यात्रुवाहक बस दुर्घटना

काभ्रे–काभ्रेको तीनपिप्लेमा आज विहान यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट कोशीपारी जाादै गरेको बा २ ख ६४४१ नम्बरको बस दुर्घटना भएको हो । प्रहरीका अनुसार अनुसार रोकिरहेको बसलाई ओभरटेक गर्न खोज्दा छेउको बाटो भासिएर बस सडक भन्दा ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३४ जनाको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ भने एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको पााचखाल ट्राफिक प्रहरीका असई उमेश थपलियाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया