भ्रष्टचारीको फन्दामा परेका चुडामणि शर्मालाई पुन ६ दिनको म्याद थप

काठमाडौं– करौडौ भ्रष्टचार गरेको आरोपमा अख्तियारको फन्दामा परेका विशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि पुन: ६ दिन थुनामा राखि अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै विशेष अदालतले शुक्रबार पुन: ६ दिन थुनामा राखि अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो ।

अनुसन्धानको प्रकृति, गम्भिरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न पुन ६ दिनको म्यान थप गरिएको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो । अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समयको माग गर्दै निवेदन दिएको थियो ।

तपाईको प्रतिक्रिया