बेलायतको कन्जरभेटिभ पार्टीले संसदको बहुमत गुमायो

एजेन्सी– बेलायतको संसद्मा कन्जरभेटिभ पार्टीले संसदमा कायम रहेको आफ्नो बहुमत गुमाएको छ । बिहीबार सम्पन्न आम निर्वाचनमा ३ सय १८ सिटमा सिमित हुँदै कन्जरभेटिभ पार्टीले संसद्मा यसअघि रहेको ३ सय ३० सिटको बहुमत गुमाएको हो । बेलायती संसद्को जम्मा ६ सय ५० सिटमध्ये बहुमतका लागि ३ सय २६ सिट आवश्यक पर्दछ ।

दोश्रो स्थानको लेबर पार्टीले २ सय ६१ सिट मात्रै जितेको छ । बहुमत गुमाएसँगै कन्जरभेटिभ पार्टीकी नेतृ टेरिजा मेमाथी प्रधानमन्त्रीको पदबाट राजीनामा दिन दवाब परेको छ । लेबर पार्टीका नेता जेरोम कोर्बनले प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान गरेका छन् । तर, मे भने राजीनामा दिने मनस्थीतिमा नरहेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । बेलायती परम्पराअनुसार सरकार गठनका लागि महारानीको अनुमती लिन टेरेजा मे बकिङ्घम दरबार जाने जनाइएको छ ।

तपाईको प्रतिक्रिया