निर्वाचन आयोग तयारी अवस्थामा, तर अझै चुनाव हुनेमा आंशका

काठमाडौं–निर्वाचन आयोगले अगामी असार १४ हुने भनिएको स्थानीय तहको दास्रो चरणको तयारी पनि पूरा गरिसकेको छ । यस अघि स्थानीय तहको पहिलो चरणको अन्र्तगत प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २ सय ८३ तहमा चुनाव सम्पन्न गराईसकेको निर्वाचन आयोगले दास्रो चरणमा निर्वाचन हुने ४१ जिल्लाका ४ सय ६१ तहमा पनि चुनावी तयारी पूरा गरिसकेको हो । निर्वाचन आयोगले दास्रो चरणको चुनावी तयारी अन्र्तगत सम्बन्धीत सबै जिल्लाका तोकिएका ठाउँहरूमा चुनावी सामाग्री पठाइसकेको छ ।

निर्वाचन आयोगले दास्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा, प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना, चुनावी सामाग्री मतपत्र, मतपेटिका पठाउने लगायक सम्पूर्ण काम गरिसकेको छ । हुन त निर्वाचन आयोगले जेठ गते नै लगभग सम्पूर्ण चुनावी तयारी सकेको थियो । दास्रो चरण अन्र्तगत प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको चुनाव हुनुपर्ने छ । सरकारले असन्तुष्ट मधेशवादी दललाई पनि चुनाव सहभागी गराउन भन्दा दास्रो चरणको चुनावलाई दुई पटक सारिसकेको छ ।

सरकारले दोस्रो पटकको स्थानीय तहको शुरूमा जेठ ३१ गते गर्ने भनेको थियो तर यो मितिलाई दुई पटक सारेर सरकारले असार १४ मा पुर्‍याएको छ । सम्पूर्ण तयारी पूरा भएरपनि चुनावको मिति दुई पटक सर्दा आर्थिक व्ययभार थपिएको छ । यदि असार १४ मा तोकिएको निर्वाचन स्थानीय तहको निर्वाचन पनि हुन नसके अझै आर्थिक भार बढ्ने देखिन्छ । राजनीतिक दलहरूले उम्मेद्वार घोषणा गरेर र प्रचार प्रसार थालिसकेका छन् । तर राजनीतिक दलहरूको गतिविधिका अझैपनि असार १४ मै चुनाव हुनेमा कुरामा मतदाता विस्वश्त हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया