राजपका माग सम्बोधन गर्न एमाले सकरात्मक

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न केही सकारात्मक देखिएको छ । बुधबार धुम्बाराहीस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले सबै दललाई सहमत गराएर स्थानीय तह दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन सरकारसाग आग्रह पनि गरेको छ । राष्ट्रिय जनता पार्टीका जायज मागलाई सम्बोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन लागि पर्ने निर्णय लिइएको पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो । एमालेले संविधान संशोधन र स्थानीय तहको संख्या थपको विषय भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि सम्भव नहुने पनि स्पष्ट पारेको छ ।

सचिव भट्टराईले मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने, झुटा मुद्दा लागेकालाई रिहा गर्ने लगायतका राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न आफनो पार्टी सकारात्मक रहेको पनि स्पष्ट पार्नुभयो । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा आफै असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन भााडन लागि परेको आरोप लगाउादै आपत्ति पनि जनाएको छ । सचिव भट्टराईले खासगरी प्रधानमन्त्री र प्रधानमन्त्रीको पार्टीका कतिपय नेताहरुले निर्वाचन भााडने गरी वक्तव्यबाजी गरेकाले त्यसको निन्दा गरिएको पनि उल्लेख गर्नु भयो । एमालेले समयमै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सुरक्षाको उचित व्यवस्था गर्न पनि सरकारसाग माग गरेको छ ।

तपाईको प्रतिक्रिया