ठूला पर्वमा बजार अनुगमन कडाइकासाथ हुने

काठमाडौं– बजार अनुगमन प्रभावकारी बन्न नसक्दा दैनिकजसो उपभोक्ता ठगिदै आएको कुरा कुनै नौलो होइन । सरकारी निकायको बजार अनुगमन मौसमी र झारा टार्ने शैलीको हुँदा उपभोक्ता मारमा पर्दै आएका हुन् । खाद्यन्नमा कालो बजारी गर्ने र विचौलियाका कारण बजारमा खाद्यन्नको गुणस्तर र मुल्यमा उपभोक्ता ठगिदै आएका छन् ।

हरेक बर्ष सरकारले दशै तिहार र छठ पर्वको समयमा मात्र बजार अनुगमनको योजना बनाउने गर्दछ । तर बजारमा चार्डपर्वको समयमा पनि सरकारी अनुगमन प्रभावकारी बन्न नसकेको तितो यर्थात रहँदै आएको छ । हुन त बजार अनुगमन गर्ने निकायले हरेक दिन बजार अनुगमन गरेको दाबि गर्छन् तर यो कुरा केवल भनाइमा मात्र सिमित हुदै आएको छ ।

अहिले पनि दशै तिहार र छठपर्व जस्ता ठूला पर्व नजिकिएसँगै बजार अनुगमन गर्ने निकायले कडाइका साथ बजार अनुगमन गर्ने उद्घोष गरिरहेका छन् । सरकारी निकायले चार्डपर्वको समयमा बजार अनुगमनलाई अन्य समयको भन्दा प्रभावकारी बनाउने दाबि गरेपनि विगतको प्रवृत्तिलाई हेर्दा त्यो व्यवहारमा लागु हुन्छ भन्ने कुरामा उपभोक्ता विश्वस्त देखिदैनन् । चाडपर्व समय आउनै लाग्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको हितलाई मध्यनजर गर्दै खाद्यवस्तु लगायतका अत्यावश्यक बस्तुमा कठाइका साथ नियमित बजार अनुगमन गर्ने बताएको हो । विशेषगरी तेल, पानी, दूध लगायतका अत्यावश्क बस्न्ुहरूमा कडाइका साथ बजार अनुगमन गर्ने दाबि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको छ ।

 

 

 

तपाईको प्रतिक्रिया