प्रियंकाले कंगनालाई गरिन यस्तो कटाक्ष

एजेन्सी– कगना रावतलाई अहिले धेरै भारतीय कलाकारले नराम्रो दृष्टिले हेर्छन् । ऋतिक रोशन लगायतका बलिउडका थुप्रै हस्तीलाई एक टेलिभिजन अन्तर्वातामा धज्जी उडाएको आरोप रावत माथि छ । कंगना रनावतलाई धेरैले बढी बोलेको आरोप लगाइरहेका छन् । यही भीडमा प्रियंका चोपडा पनि थपिएकी छिन् ।

तर, उनले कंगनाको नामै नलिइ कंगनालाई कटाक्ष गरेकी छिन् । प्रियंकालाई हालैको एक अन्तर्वातामा पत्रकारले ‘के तपाईं पनि कंगना जस्तै आफूलाई ब्रान्ड बनाउन चाहानुहुन्छ ताकि बलिउडका हिरोलाई टक्कर दिन सकियोस् ?’ भनेर सोधेका थिए । तर, प्रियंकाले आफूले कहिलै पनि हिरोलाई टक्कर दिने विषयमा नसोचेको जवाफ दिएकी थिइन् ।

उनले आफूले कुनै फिल्म स्कुलमा गएर अभिनय र निर्माण ज्ञान नलिएकाले फरक फरक निर्माता तथा निर्देशकसागको काम गराइले नै आफूलाई यो क्षेत्रमा अनुभवी बनाएको बताएकी थिइन् । उनले राकेश रोशन, विशाल भारद्धाज, संजयलिला भंसाली र अनुराग बासु जस्ता निर्देशकसागको काम गराइले नै परिपक्व बनाएको बताइन् । ‘मैंले नै मात्र सबैथोक गर्न पर्छ र मेरो नाममात्र चारैतिर हुनुपर्छ जस्तो लाग्दैन । आफ्नो काममा म इमान्दार छु तर इमान्दारीका नाममा म झगडा गर्न सक्दिन,’उनले अन्तर्वार्ताका क्रममा भनेकी छिन् ।

Published On: Time : 20:09:36  103पटक हेरिएको

तपाईको प्रतिक्रिया