धमाधम अगाडि बढ्यो चुनावी तयारी

काठमाडौं– अगामी माघ ७ गतेभित्र संविधान कार्यान्वयनका लागि अझै दुई तहको चुनाव सम्पन्न गनुपर्ने छ । स्थानीय तहको चुनाव सकिएपनि अझै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुन बाँकी छ । आगामी मंसिर १० र २१ गतेलाई प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति तोकिएको छ । निर्वाचन आयोगले अहिले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको तयारी धमाधम गरिरहेको छ ।

आयोगले समानुपातिकतर्फको मतपत्र छाप्ने काम गरिरहेको छ भने मतदाताको अन्तिम नामावली पनि प्रकाशित गरिसकेको छ । दुवै तहको निर्वाचन सम्पन्न गराउन ९० दिनको समयसीमा पाएको निर्वाचन आयोगले निश्चित कार्यतालिका नै बनाएर दुवै तहको निर्वाचन तयारी गरिरहेको छ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभामा हरेक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाएर हालका लागि आवश्यक कर्मचारी समेत खटाइसेको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन सामाग्री खरिद गर्नका लागि पनि प्रक्रिया अगाडि बढाइसकेको छ । आयोगले मतपत्रका लागि चाहिने कागज, छेकबार लगायतका सामाग्री खरिद प्रक्रिया अगाडि बढाएको हो । आयोगले मतपेटिका लगायतका केही निवार्चन सामाग्री भने स्थानीय तहको चुनावमा प्रयोग भएका सामाग्री नै पुन: प्रयोग गर्ने जानकारी पनि दिएको छ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको लागि सरकारसँग १० अर्व बजेट माग गरेको छ । स्थानीय तहको चुनावमा जस्तै निर्वाचन आयोगले सरकारसँग प्रदेशसभा र प्रतिनिधिसभाको लागि पनि १० अर्व बजेट माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया