राजीनामा स्वीकृत नहँदै नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं– राजीनामा स्वीकृत नहुँदै डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्नुभएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा असहम जनाउंदै राजीनामा दिएका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई एमालेमा प्रवेश गराउनुभएको हो ।

एमालेमा प्रवेश गरेलगत्तै सिलवालले आफुमाथि राजनीति भएको र आफ्नो अस्तित्व जोगाउनकै लागि पार्टी प्रवेश गरेको बताउनुभयो ।एमालेको समृद्धि, भिजन र नीतिले देशको निकास, विकास र रक्षागर्न सक्ने भएकै कारण आफु एमालेमा प्रवेश गरेको सिलवालको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारले व्यक्तिको विरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगनउनुभयो । कांग्रेसलाई मर्न लागेको रुखको संज्ञा दिंदै अध्यक्ष ओलीले ‘यूरिया मल राख्दैमा मर्न लागेको रुख नबढ्ने’ टिप्पणी गर्नुभयो ।कार्यक्रममा गायक सञ्जय श्रेष्ठलगायतका विभिन्न दलका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

 

Published On: Time : 19:22:45  136पटक हेरिएको

तपाईको प्रतिक्रिया