सम्बृद्ध नेपालका लागि बाम गठबन्धन : सिलवाल

ललितपुर– ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि बामगठबन्धनबाट उम्मेदवारी दिएका पूर्व डिआईजी नवराज सिलवालले स्थायी सरकारका लागि वामगठबन्धनका उम्मेदवारलाई मत दिन आह्वान गर्नुभएको छ । शनिबार गोदाबरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिलवालले संविधानको कार्यान्वयन गर्दै सम्वृद्ध नेपाल निर्माणका लागि वामगठबन्धनलाई दुई तिहाई मत दिएर स्थायी सरकार गठनमा सहयोग गर्न अपिल गर्नुभएको हो ।

नेपालको स्वभिमान र सार्वभौम सत्तालाई कायम गरि मुलुकमा स्थायी सरकारका लागि वामगठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । गोदाबरीको टौखेलस्थित किटीनी माध्यमिक विद्यालयमा चुनावी सभा गरेका सिलवालले प्रतिष्पर्धी दलले बिजुलीका पोल तथा सार्वजनिक स्थानमा झण्डा राखेर आचार संहिता उंलघन गरेको आरोप समेत लगाउनुभयो ।

विगत २५ बर्ष देखि वामगठबन्धनको किल्ला मानिएको ललितपुरका तीन वटै क्षेत्र मा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । २५ बर्ष देखिको एकलौटी वामकिल्ला तोडेका नेपाली कांग्रेसका तात्कालिन संविधानसभा सदस्य उदय शमसेर राणा अहिले पनि क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया