आफ्नै खर्चमा सडक सरसफाई गर्दै विमानस्थलका कर्मचारी सरोज महतो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी सरोज महतोले आफ्नै खर्चमा विमानस्थलको मूल गेटदेखि पशुपति मन्दिर परिसरसम्म सरसफाई गर्दै आएका छन् ।
विमानस्थलमा सरसफाई कर्मचारीका रुपमा कार्यरत महतोले केही सातायता गर्दै आएको यो अभियानमा विभिन्न विद्यालयका विद्यार्थीहरुको समेत प्रत्यक्ष सहभागिता रहेको छ । काठमाडौंको गोल्डेन गेट, पेन्टागन, एजिएम, समता लगायतका स्कुल तथा कलेजका विद्यार्थीहरुले आफ्नो अभियानमा साथ दिएको उनको भनाई छ ।
विमानस्थल बाहिरको सडकको अबस्था देख्दा आफूलाई लज्जाबोध हुने भएकाले सरसफाई अभियान शुरु गरेको उनले बताए । जागिरबापत आफूले प्राप्त गर्ने रकमले सरसफाईका सामाग्रीहरु किन्ने गरेको बताउँदै उनले आफ्नो अभियानमा साथ दिन सबैसँग आग्रह समेत गरे ।