युवा पलायन रोक्न दबाब दिए राष्ट्रवादी युवाहरूले

काठमाडौं– लाखौं युवा विदेशमा पलायन भइरहेको सन्दर्भमा नेपालमा रहँदै आएका युवा तथा विभिन्न तहमा अध्ययनरत विद्यार्थी संलग्न रहको राष्ट्रवादी केन्द्र नेपालले स्वदेशमा रोजगारी सृजना गर्न सरकारलाई दिएको छ । बढ्दो शिक्षित युवा पुस्ताको विदेश पलायनले देशलाई अद्योगतितर्फ धकेलेको र देशको भविष्य अन्योलमा परिरहेको भन्दै यस केन्द्रमा आवद्ध युवाहरूले शनिबार काठमाडौमा युवा रोजगारीका लागि दबाब र्‍याली निकालेका हुन् । राष्ट्रवादी केन्द्रले युवा रोजगारी सहित, शिक्षा प्रणालीको सुधार, राष्ट्रिय स्रोत र साधनको परिचालन, युवालाई सहुलियत ऋण, भ्रष्टचार नियन्त्रण, सुसासन कायम लगायतका मागहरू पनि राखेका छन् । दबाब र्‍यालीमा सहभागी भएका युवा तथा विद्यार्थीहरूले पछिल्लो समय रोजगारी होस् या शिक्षाको नाममा लाखौं विद्यार्थी विद्यार्थी विदेश पलायन हुनु चिन्ताको विषयको भएको भन्दै युवा पलायन रोक्न सरकारले चासो नदेखाउनु दुखद भएको बताए ।

राष्ट्रवादी एकता केन्द्र स्वदेशमै बस्दै आएका युवा तथा हाल विश्वविद्यालयको विभिन्न तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरूले सरकारलाई युवा रोजगारी तथा अन्य सुधारमूलक विषयका लागि दबाद दिन गठन गरिएको संस्था हो ।

यस केन्द्रले गत बर्षदेखि युवा रोजगारी सृजना र स्वदेशमा युवालाई रोगजार हुनुपर्ने माग राख्दै विभिन्न तरिकाबाट दबाबमूलक कार्यक्रमहरू गर्दै आएको छ । शनिबारको र्‍यालीमा विभिन्न विषयमा पिचएडी गरेका ८५ जना व्यक्तिहरू समेत सहभागी भएको केन्द्रले जनाएको छ । दबाब र्‍यालीमा केन्द्रमा आवद्ध विद्यार्थी मात्र नभई विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्ति र युवाहरू पनि सहभागि भएका थिए ।

 

तपाईको प्रतिक्रिया