काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वा्चित सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले शुक्रबार एक समारोहमा आयोगका प्रमुख आयुक्त डा. आयोधिप्रसाद यादवले प्रदेशसभा समानुपातिक सदस्यमा निर्वाचितहरूलाई प्रमाण दिनुभयो । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा गरी सम्पन्न भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ जना पुरुष र १ सय ७२ महिला गरी २२० जना निर्वाचित भएका छन् ।
प्रदेशसभा सदस्य अन्र्तगत प्रदेश ३ बाट सबैभन्दा कान्छी प्रदेशसभा सदस्य नेपाल मजदूर किसान पार्टीकी २६ बर्षिय सृजना साउजु र प्रदेश नम्बर ५ बाट सबैभन्दा जेष्ठ सदस्य रूपन्देहीका ७८ बर्षिय बलदेव शर्मा पोखेरल निर्वाचित भएका छन् । प्रदेश सभामा निर्वाचित यि दुवैले आफ्नो प्रदेशको विकासका लागि महत्वपूर्ण भूमिका खल्ने दाबि समेत गरे । त्यसैगरी प्रदेशसभा सदस्यमा निर्वाचित अन्य सांसदहरूले पनि अगामी दिनमा देशको विकास र सम्बृद्धिमा प्रतिबद्ध भएर बताए । निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए । त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।