जापानले उत्तर कोरिया विरूद्ध मुद्दा हाल्ने

टोकियो — जापानको एक परिवारले आफ्ना आफन्तलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत घोषणा गरेको छ । उत्तर कोरियाली नेता लगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तर्राष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो ।

उक्त जापानी परिवारले आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी शुक्रबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी दिएको बताइएको छ ।

जापानी भाषा र संस्कृति जबरजस्ती सिकाउन खोजेको आरोप लगाउँदै सन् १९७० देखि १९८० सम्म १३ जना जापानीजलाई उत्तर कोरियाले अपहरण गरेको उनीहरुको दाबी रही आएको छ ।

Published On:  352पटक हेरिएको

तपाईको प्रतिक्रिया