मनाङमा भारी हिमपात हुँदा १० पर्यटक सम्पर्क विहीन

मनाङ– मंगलबारदेखि हावाहुरी सहित परेको हिमपातले मनाङकबो जनजीवन कष्टकर बनेको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा १० पर्यटक समेत सम्पर्क्विहीन भएको जिल्ला प्रसासन कार्यालय मनाङले जनाएको छ । मङ्गलबार बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहिन भएका हुन् ।

तपाईको प्रतिक्रिया