लिम्बुको सहयोगीपन : विहेमा हुने मापसे खर्च विरामीको उपचारमा

काठमाडौं– बहत्तर लिम्बु, एउटा त्यस्ता युवा पात्र हुन् जो समाज सेवामा सधै अग्रसर छन् । बहत्तर लिम्बु हाल २४ बर्षका मात्र भए तर उनले समाज सेवामा पुर्‍याएको योग्दान त्यो भन्दा धेरै माथि छ । २०७२ सालको भूकम्प भन्दा अघि बेलायतमा बस्दै आएका बहत्तर विनाशकारी भूकम्पपछि साथीहरूको टिम सहित नेपाल आए र भूकम्प प्रभावित जिल्लाहरूमा राहत पुर्‍याउने देखि लिएर आफ्नो टिम सहित भूकम्प पीडितको लागि अस्थायी आवास निर्माण गर्ने काममा पनि खटिए । बेलायतमा बस्ने लिम्बुको मन आफ्नो देश प्रतिको मायाले सधै नेपालप्रति तानिथ्यो ।

बेलायतमा सानो व्यापार गर्दै आएका लिम्बुले नुवाकोटमा भूकम्पबाट क्षतिग्रस्त एक प्राथामिक विद्यालयको भवन निर्माणमा समेत आर्थिक सहयोग गरे । लिम्बुकै सक्रियतामा नुवाकोटको कोलढुङ्गा जनसहयोग प्राथामिक विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन

को पुनर्निर्माण समेत भयो । विद्यालयको पुन र्निर्माण भएपछि लिम्बुकै सक्रियतामा यस विद्यालयमा स्टेशनरीका सामान र सबै विद्यालयलाई जाडोमा लगाउने कपडा समेत प्रदान गरियो ।

भूकम्प प्रभावित जिल्लाका भूकम्प पीडित न्यानो कपडा नहुँदा जाडोबाट कठ्याङग्रिएको खबर समाचारमा पढेपछि उनले बेलायतबाटै आर्थिक सहयोग गरेर जाडोबाट प्रभावित रसुवा, नुवाकोट लगायतका केही जिल्लाका भूकम्प पीडितलाई न्यायो कपडा समेत वितरण गरे । यतिमात्र हैन कैलालीको टिकापुरमा जनताको सुरक्षामा खटिएका राष्ट्रसेवक प्रहरीलाई बरबरतापूर्ण तरिकाबाट मारिएपछि कैलाली घटनाका ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रति परिवार २० हजार रूपैयाँ आर्थिक सहयोग समेत लिम्बु एक्लैले गरे ।

नेपालमा आफूले सक्दो सेवा गर्ने भावनाबाट प्रेरित भएर लिम्बुले युकेमा हेल्पिङ यू नामको सामाजिक संस्था समेत हाकेका थिए । तर लिम्बुले अधिकांश सहयोग भने आफ्नै खल्तीको पैसाबाट गरेका थिए । सधै केही न केही फरक सोच राख्ने र आफ्नो देशलाई निकै माया गर्ने लिम्बु पछिल्लो एक बर्षदेखि नेपालमा केही गर्ने उदेश्यसाथ व्यापारको जमर्कोमा लागेका छन् ।

बाबु ७२ बर्षको हँुदा जन्मेकाले आफ्नो नाम नै बहत्तरले राखेका बहत्तर माघ २४ गते विवाह बन्धनमा बाधिए । उनले आफ्नो विहेमा समेत फरक शैली देखाए । उनले आफ्नो विहेमा मादक पदार्थको व्यवस्था नगरी बरू त्यसमा खर्च हुने रकम आर्थिक रूपले कमजोर परिवारलाई उपचार खर्च बापत दिए । उनले विहेमा हुने मापसे खर्च रोकेर मोती परियारको उपचार खर्च बापत ७२ हजार रूपैयाँ सहयोग गरेका हुन् । समाजसेवा कहिल्यै नथाकेका यि युवाको समाजसेवा प्रतिको यो लगाव उदारणीय र प्रशंसनीय छ ।

तपाईको प्रतिक्रिया