प्रदेश ४ मा शुक्रबार २ पटक प्रदेश मन्त्रीपरिषद् विस्तार

कास्की– पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेको प्रदेश ४ मा एकै दिन दुई पटक मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रबाट शुक्रबार साँझ ६ बजे २  जना मन्त्रीले सपथ लिएका छन् । तनहुँबाट निर्वाचित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा सपथ लिएका हुन् । चुमन माओवादी केन्द्रका तनहुँ जिल्ला इन्चार्ज हुन् भने थापा माओवादीका गोरखा जिल्ला संयोजक हुन् । प्रदेश ४ मा शुक्रबार विहान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरी  एमालेका रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

Published On:  182पटक हेरिएको

तपाईको प्रतिक्रिया