माथिल्लो तामाकोशीले शेयर जारी गर्दै

काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत  आयोजनाले दोलखाका स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रू २ अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।  दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको छ । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाले बताएको छ ।

आयोजनाले दुई करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रु १ अर्ब ५ करोड र अन्य सर्वसाधारणलाई रु एक अर्ब ५८ करोडको शेयर दिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया