यस्तो छ सामुदायिक मेलमिलाप पुस्तक :

काठमाडौं– सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले सामुदायिक मेलमिलाप नामको पुस्तक सार्वजनिक गरेको छ । पुस्तकको नेपाल सरकारका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले विमोचन गर्नुभएको हो । सामुदायिक सूचना नेटवर्क अन्तर्गतका देशैभरका विभिन्न एफ एमबाट प्रशारित मेलमिलाप सम्बन्धी घटनाहरूलाई समेटिएको यस पुस्तकमा २८ शीर्षकमा लेखहरू समेटिएका छन् ।

समुदायमा हुने झै झगडा, पारिवारिक मन मुटाव, लेनदेन विवाद जस्ता समस्याको समुदायमा छिनोफानो गर्न सकिन्छ भन्ने उदारण यस पुस्तकमा उल्लेख गरिएको छ । सामान्य झगडा र लेनदेनका विवाद समेत अदालत पुग्ने र छिनोफानो हुन बर्षौ लाग्ने गरेको सन्दर्भमा सामुदायिक मेलमिलाप पुस्तकले त्यस्ता मुद्दालाई विना खर्च समुदाय र घर परिवारमा छिनोफानो गर्ने सहज उपायहरूलाई यस पुस्तकले विषयबस्तु बनाएको छ ।

कार्यक्रममा अकोराबका कार्यकारी निर्देशक डा. आरसी लामिछानेले पुस्तक सान्र्दभिकता प्रकाश पार्नुभएको थियो अन्य व्यक्तिहरूले सामुदायिक मेलमिलापका बारेमा आफ्नो धारणा राखेका थिए ।

Published On:  248पटक हेरिएको

तपाईको प्रतिक्रिया