अलविदा श्रीदेवि

एजेन्सी– भारतीय चर्चित नायिका श्रीदेविको राजकीय सम्मान सहित मुम्बईस्थित बिले पार्ले सेवा समाजको श्मशान गृहमा अन्तिम संस्कार गरिएको हो । उनलाई पति बोनी कपुरले दागबत्ति दिएका थिए । यसअघि श्रीदेवीको पार्थिव शरीरलाई लोखण्डवालास्थित सेलिब्रेसन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो ।

अन्त्येष्टिपूर्व निकालिएको शवयात्रामा हजारौं प्रशंसक सहभागी भएका थिए । शवयात्राका कारण मुम्बईको ट्राफिक व्यवस्था लामो समय अस्तव्यस्त भएको थियो भने ५ किलोमिटर दूरीको अन्त्येष्टि स्थलसम्म पुग्न झन्डै दुई घण्टा लागेको थियो । जसमा सिनेमादेखि राजनीतिक हस्तीहरूसमेत पुगेका थिए ।

Published On:  247पटक हेरिएको

तपाईको प्रतिक्रिया