के होला अब कांग्रेसको बाटो ?

काठमाडौं– पछिल्लो समय कांग्रेसभित्र विभिन्न किसिमका बहशहरू चलिरहेका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावमा कमजोरी पार्टी नेतृत्वको कारणले राम्रो नतिजा आउन नसकेको भन्दै कांग्रेसका कतिपय नेताहरूले नेतृत्वको आलोचना गरिरहेका छन् ।

उनीहरूले पार्टी नेतृत्वको गलत र मनोमानी निर्णयका कारण कांग्रेसले दिनप्रतिदिन आफ्नो शाख गिर्दै आरोप लगायका छन् । कांग्रेस भित्र नेतृत्वको कमजोरी औल्याइरहेका नेताहरूले यथाशिघ्र पार्टीको नयाँ महाधिवेशन हुनुपर्ने माग गरिहेका छन् । उनीहरूले पार्टी नेतृत्वले पार्टी बलियो र शक्तिशाली बनाउन भन्दा व्यक्तिगत स्वार्थ पूरा गर्न लागेकाले पार्टीको नेतृत्व नै परिवर्तन हुनुपर्ने धारणा राखेका हुन् ।

कांग्रेस भित्रै हालको नेतृत्वको पक्षमा रहेको खेमाले भने पार्टी नेतृत्वकै पार्टीले हार नब्यहोरेकै भन्दा पार्टी हार्नुका अन्य कारण रहेको बताउँदै महाधिवेशनको औचित्य नरहको बताएका छन् । उनीहरूले प्रजातान्त्रिक पद्दति अनुसार पार्टी नेतृत्व स्थापित भएको भन्दै पाटी खस्कनुको समिक्षा गदै पार्टीलाई शुद्धिकरण गनुपर्ने बताइरहेका छन् । कांग्रेसले हाल उठिरहेका सबै विषयमा अगामी चैत ९ गतेबाट हुने केन्द्रीय समिति बैठकमा छलफल गरी निष्कर्ष निकाल्ने बताएको छ ।

प्रतिनिधिसभाको चुनावपछि राष्ट्रियसभा चुनाव लगायतमा विभिन्न विषयमा सामेल हुन परेका कारण पार्टी भित्र समिक्षा हुन नसकेको कांग्रेसले बताएको छ । यसपटकको चुनावपछि कांग्रेले प्रदेश र केन्द्रीय सरकारमा आफ्नो स्थान बनाउन सकेन भने राष्ट्रपति, उपराष्ट्रपति सभामुख लगायतमा पदबाट समेत हात धुनु निश्चितप्राय: छ ।

तपाईको प्रतिक्रिया