प्रधानन्यायाधीश पराजुली पदमुक्त

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् ।

नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ ।

न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको परिषद्ले जनाएको छ । लगतै सचिवस्तरीय बैठकबाटै पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ ।

न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया