नेपालका कुन पार्टी कति धनि ?

काठमाडौं– नेपालका प्रमुख तीन ठूला पार्टीहरूले विभिन्न स्रोतबाट पार्टीको खातामा पैसा संकलन गरी पार्टी सञ्चालन गर्दै आएका छन् । पछिल्लो एक वर्षमा नेकपा एमालेले ६ करोड ४६ लाख ७४ हजार ५३ रूपैंयाँ ७८ पैसा आम्दानी गरेको छ । यहि एक वर्षको अवधिमा एमालेले ५ करोड ५२ लाख ६० हजार ६ सय १२ रूपैंया ६९ पैसा खर्च गरेको छ । यसरी एक वर्षमै एमालेको खातामा ९४ लाख १३ हजार ४ सय ४१ रूपैंया ०९ पैसा बचत भएको छ । संसदको दोश्रो ठूलो दल नेपाली काँग्रेस पार्टी भने २ करोड रूपैंया भन्दा बढी घाटामा छ ।

पछिल्लो एक वर्षमा ३ करोड ७ लाख ६९ हजार ७०७ रूपैंयाँ ६८ पैसा आम्दानी गरेको नेपाली कांग्रेसले एक बर्षको अवधिमा ५ करोड ८ लाख ५० हजार ५ सय ८८ रूपैंया ०४ पैसा खर्च गरेको छ । यसरी नेपाली काँग्रेस पछिल्लो एक वर्षमा २ करोड ८० हजार ८ सय ८० रूपैंया ३६ पैसा घाटामा गएको छ । त्यसो त संसदको तेश्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पछिल्लो आर्थिक वर्षमा ३ करोड ३४ लाख ९३ हजार ४ सय ७९ रूपैंया ४३ पैसा आम्दानी गरेकोमा ३ करोड २८ लाख ७२ हजार ८ सय ४० रूपैंयाँ ७९ पैसा खर्च गरेको छ ।

यो एक बर्षको अवधिमा माओवादी केन्द्रले ६ लाख २० हजार ६३८ रूपैंयाँ ७९ पैसा बचत गरेको छ । दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलले मुख्य आर्थिक स्रोतका रूपमा उपयोग गर्दै आएका छन् । घर भाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ । यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया