मोडलिङमा जम्ने रहर छ मिस ब्यूटिसिएन ट्यालेन्ट नेपाल सरितालाई

गोरखा जिल्लाको भीरकोट गाविस भारतीबेसीमा जन्मेकी सरिता भारतीले मिस ब्यूटीसीयन ट्यालेन्ट उपाधि जितेको धेरै समय भएको छैन । हालसालै सम्पन्न भएको मिस ब्यूटीसीयन ट्यालेन्ट प्रतियोगीतामा सबै प्रतिष्प्रधीलाई पछि पार्दै गत २७ गते सरिताले उपाधि हात पारेकी हुन् । सरिता राष्ट्रिय नाचघर, जमलमा गत चैत २७ गते सम्पन्न प्रतियोगिताबाट उत्कृष्ट घोषित भएकी हुन् ।

रोज सीप विकास केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको निर्णायकमा वरिष्ठ ब्युटिसियन डा. राजश्री श्रेष्ठ र इन्दुकुमारी आचार्य, पत्रकार मधु शाही, मोडल पविना खड्कालगायतका ब्यक्ति थिए । देशभरबाट सहभागीता लागि आवेदन दिएका सय र तीबाट छानिएका २१ जना प्रतिष्प्रधीलाई पछि पारेर उपाधि हात पारेपछि सरिताले आफ्नो ठूलो उदेश्य रहर पूरा भएको बताइन् ।

यो प्रतियोगीतामा मोस्ट फोटोजेनिक पनि जितेकी सरिताले शीर्ष उपाधिसहित नगद २५ हजार पुरस्कार पाइन् । विविएस अध्ययनरत भारती हाल रोज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा ब्यूटि कोचको रूपमा कार्यरत छिन् । मिस ब्यूटिसिएनको प्रतिष्प्रर्धामा भाग लिनुअघि आफूले उपाधि जित्छु भन्ने नलागेको र उपाधि जितिसकेपछि मात्र आफूसँग पनि केही क्षमता रहेछ भन्ने महशुस भएको सरिता बताउँछिन् ।

विगत केही बर्षदेखि ब्यूटिसियनको पेशामा कार्यरत सारिताको मोडलिङ क्षेत्रमा जम्ने रहर छ । काठमाडौं जिल्लाको किर्तीपुर नगरपालिकामा बस्दै आएकी सरिताले केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छन् । प्रतियोगीताको दौरनामा पनि केही म्यूजिक भिडियोबाट अफर आएपनि व्यवस्ताले समय दिन नसकेको सरिता बताउँछिन् ।

मिस ब्यूटिसिएन ट्यालेन्ट नेपाल सन् २०१८ को उपाधि जित्न सफल सरितालाई नेपाल परिक्रममा कला सम्बाददाताले हामीले केही रमाइला प्रश्न समेत सोधेका थियौ । उनीलाई सोधिएको प्रश्नको सवाल जवाफ :

१.मनपर्ने मान्छे : सोनी करान्जित
२. मनपर्ने रङ्ग : नीलो
३. घुम्न मनपर्ने ठाउँ : धरान
४. गर्न मन नपर्ने कुरा : झगडा
५. विर्सन नसक्ने क्षण : मिस ब्यूटिसिएन ट्यालेन्ट नेपालको  ताज लगाउँदा
६. मन लाग्ने काम : गीत गुनगुनाउन   
७. मन पर्ने नेता : शेरबहादुर देउवा
८. आफूलाई फिट लाग्ने : मोडलिङमा
९. मन पर्ने पेशा : मोडलिङ/ ब्यूटिसियन
१०.मन नपर्ने पेशा : चोरी
११. मिल्ने साथी : शान्ता, पार्वती,सनम
१२ .मन नपर्ने कुरा : चोरी गर्न
१३. डरलाग्दो सपना : आफै मेरेको देखेको
१४. ख्ुसी भएको सपना : मिस ब्यूटिसिएन ट्यालेन्ट नेपालको उपाधि जितेको

Published On:  459पटक हेरिएको

तपाईको प्रतिक्रिया