नेपालीलाई खुसीलाई खबर, एक हजार डलर भन्दा बढि पुग्यो प्रतिव्यक्ति आय

काठमाडौं– नेपालीको प्रतिव्यक्ति आय गत बर्ष भन्दा उल्लेख रूपमा बृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १ सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो ।  मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाामाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो । गत बर्ष नेपालको कूल ग्राहस्थ उत्पादन २६ खर्ब ४२ अर्व रहेको थियो । कुल ग्राहस्थ उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशत हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । केन्द्रीय तथ्याङ्का विभागका अनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार चार अमेरिकी डलर पुगेको छ ।

अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी ८ सय ६६ अमेरिकी डलर थियो । विभागले गैरकृषि क्षेत्रको आर्थिक क्रियाकलाप वृद्धि हुँदा प्रतिव्यक्ति आम्दानी बढेको उल्लेख्य बढेको तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले बताउनुभयो । विभागले सार्वजनिक गरेको प्रतिव्यक्ति आम्दानी विवरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सलाई जोडिएको छैन । विद्युत् आपूर्तिमा भएको सहजताले होटल, रेष्टुरेन्ट, यातायात, सञ्चार क्षेत्रको उल्लेखनीय रूपमा आर्थिक प्रगति भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा २७.१० प्रतिशतले योगदान कृषि क्षेत्रबाट भए पनि धान उत्पादन भने घटेको छ ।

अघिल्लो वर्षको तुलनमा साढे एक प्रतिशतले धान उत्पादन घटेको छ । आलु, मकैमा भने उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रले २७.१० प्रतिशत र गैर कृषि क्षेत्रले ७२.९० प्रतिशतले कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्‍याएको देखिएको छ

तपाईको प्रतिक्रिया