बेलायती गृहमन्त्रीले राजीनामा गरिन

एजेन्सी — बेलायती गृहमन्त्री एम्बर रडले राजीनामा दिएकी छन् । दशकौंअघि बेलायत आएका क्यारेबियन आप्रवासीलाई देश निकाला गर्ने मुद्दा (विन्डरस काण्ड) मा केही सातायता तीव्र आलोचना खेपिरहेकी रडको राजीनामा प्रधानमन्त्री मेले आइतबार साँझ स्वीकृत गरेको डाउनिङ स्ट्रिट स्रोतलाई उद्धृत गर्दै बेलायती अखबारहरूले जनाएका छन् ।

बेलायतको लोकप्रिय दैनिक गार्डियनले आइतबारको अंकमा गृहमन्त्री रडले प्रधानमन्त्रीलाई पठाएको गोप्यपत्र सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया