अवैध ११ उत्तर कोरियाली नागरिकलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । अवैध रूपमा नेपालमा बसेर काम गर्दै आएका ११ जना उत्तर कोरियाली नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । श्रम स्वीकृतिबिना नेपालमा काम गरिरहेका उनिहरूलाई कारवाहीका लागि प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको हो । उनिहरूको विषयमा थप अनुसन्धान भइरहेको अध्यागमन विभागले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू लामो समयदेखि श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएका थिए । महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनिहरूलाई शुक्रबार गत उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको दरबारमार्गमा रहेको प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टबाट पक्रिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार, पक्राउ पर्नेमा उत्तर कोरियाकै १० युवती र एक पुरूष छन् । बिजनेस भिसामा नेपाल आएर गैरकानुनी रूपमा काम गरिरहेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले शुक्रबार रेस्टुरेन्टमा छापा मारेको थियो । पक्राउ परेकाहरू रेस्टुरेन्ट सञ्चालक र कामदार छन् । उनिहरू नेपालमा आएर लामो समय देखि अबैध रूपमा रेष्टुरेन्टमा काम गरिरहेको प्रहरीको दाबी छ ।
२०७५ बैशाख २३ मा प्रकाशित

तपाईको प्रतिक्रिया