नेपाल अब लोडसेडिङ मुक्त

काठमाडौं– नेपाल लोडसेडिङ मुक्त भएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि देश लोडसेडिङमुक्त हुने घोषणा गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त जानकारी दिनुभयो । देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ ।

अझै पनि ४० प्रतिशत जनसंख्या स्थायी लोडसेडिङमा छन् । प्राधिकरणले २०७३ तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा लोडसेडिङमुक्त गरेको थियो । नेपाल लोड सेडिङ मुक्त भएसँगै उर्जा संकटमा न्यूनीकरणमा नेपालले ठूलो सफलता पाएको हो ।

तपाईको प्रतिक्रिया