उरूग्वेसँग इजिप्ट पराजित

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको छ । उरूग्वले इजिप्टलाई १–० को झीनो गोलअन्तरले पराजीत गरेको हो ।

खेलको ८९ औा मिनेटमा उरुग्वेका लागि जोसे गिमिरेजले गरेको गोल निर्णायक बन्यो । सान्चेजले प्रहार गरेको फ्रि(किकलाई सदुपयोग गर्दै उनले हेडमार्फत आकर्षक गोल गरेका थिए । स्टार खेलाडी मोहमद सलाह बीना नै मैदानमा उत्रीएको इजिप्ट खेल अवधिभर नै रक्षात्मक रह्यो । यता उरुग्वेका सुआरेज र एडिन्सन काभानीले धेरै प्रयास गर्दा पनि गोल गर्न सकेनन् ।अन्तत : जितका लागि डिफेन्डर गिमिरेज नै निर्णायक बनपछि उरूग्वेले जीत आफ्नो पोल्टामा पार्‍यो ।

तपाईको प्रतिक्रिया