विश्वकपमा सेनेगलको सनसनी जीत

काठमाडौं– विश्वकप फुटबलअन्तर्गत समूह एचमा सेनेगलले सनसनी रुपमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । यस समूहको पहिलो खेलमा जापानले कोलम्बियामाथि ऐतिहासिक रुपमा २–१ को जित निकालेको थियो । समूह एचको पहिलो खेलमा सेनेगल र जापानले ऐतिहासिक प्रदर्शन गर्न सफल भए ।


सन् २००२ को विश्वकपमा सनसनी प्रदर्शन गरेको सेनेगलले रसिया विश्वकपमा त्यही प्रदर्शनलाई निरन्तरता दिएको छ । विश्वकप छनोटमा दक्षिण अफ्रिकलाई निराश पारेको सेनेगलले युरोपकै बलियो टिम पोल्यान्डविरुद्ध दुवै हाफमा बहादुरी प्रदर्शन गर्यो ।

Published On:  109पटक हेरिएको

तपाईको प्रतिक्रिया