विश्वकपमा एसीयाली राष्ट्र जापानको जीत

काठमाडौं– कोलम्बियालाई २–१ले हराउँदै जापान विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियाली देश बनेको छ । रसिया विश्वकपको पहिलो खेलमा जित दर्ता गर्ने क्रममा जापानका कागावा र ओसाकाले गोल गरे । खेलको चौथो मिनेटमा नै पाएको पेनाल्टी सदुपयोग गर्दै कागावाले पहिलो गोल गरेका थिए ।

कोलम्बियाका कार्लोस् सान्चेजले डि(एरियाभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो भने सान्चेजले रेड कार्ड पाएका थिए । दश जनामा सिमित कोलम्बियाका जुआन किन्थ्रोले ३९ मिनेटमा गोल फर्काउँदै बराबरी गरे । जापानका ओसाकाले खेलको७३ मिनेटमा हेडिङमार्फत गोल गर्दै जापानलाई जित दिलाए ।

तपाईको प्रतिक्रिया