प्रहरीको हिटलिष्टमा २५० गुण्डा नाईके, यस्तो छ टार्गेटमा परेका गुण्डाहरुको नालिवेली (सूची सहित)

प्रहरीले अहिले राजधानी लगाएत देशभरका गुन्डाहरुको सूची नै तयार गरेर एक्सन सुरु गरेको छ । प्रहरीको टार्गेट सूचीमा गुन्डा नाइके, मिटरब्याजी देखि लुटेरा सम्म छन् । असार ७ गते कामठाडौंको मुलपानीमा भएको लुटेरा खुँडे भनिने अमरबहादुर तामाङसँगको इन्काउन्टर, शंखुमुलमा भएको गुन्डा नाइके अशोक लामा सँगको इन्काउन्टर यसैका उदाहारण हुन् । दुईवटै इन्काउन्टरका घटनामा दुईजना घाइते बनेका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी धिरजप्रताप सिंहका अनुसार, अहिले प्रहरीले गुन्डाको ग्रेड छुट्याएर निगरानी बढाएको छ । प्रहरी स्रोतका अनुसार, अहिले राजधानी लगाएत आसपासका जिल्लाहरुमा मात्र २ सय ५० को हाराहारीमा गुन्डाहरु सक्रिय छन् । उनिरुको पेशा, दैनिक गतिविधि, सम्पर्क सम्बन्ध, उजुरी लगाएतका आधारमा प्रहरीले सूची तयार गरेको छ ।
यस्तो छ प्रहरीको गोप्य सूची
उच्च निगरानी (हिटलिष्ट)मा रहेका गुन्डा नाइके
दावा लामा, मिलन गुरुङ (चक्रे), तेजेन्द्र गरुङ, उमेश लामा, फूपुछिरिङ शेर्पा, गणेश लामा, स्याल/सञ्जीब लामा, वसन्तकुमार भुसाल, दीपेन्द्र प्याकुरेल, आशिष राई, फिस्टे भनिने रामेश्वर गौतम, कृष्ण खड्का, दावा भनिने जितेन्द्र तामाङ, साजन महर्जन, सगुन श्रेष्ठ (ठुलो), श्याम मोक्तान, दुर्गाबहादुर राई, नेरू लामा, नवीन विष्ट, राजीव गुरुङ (दीपक मनांगे), निरे भनिने रिजन पौडेल, केसी भनिने प्रवीण खड्का, कारोतो गुरुङ, कर्मा घले, बले भनिने बलराम सापकोटा, लोप्साङ लामा, रोशन बुढाथोकी, राजु गोर्खाली, गुरु भनिने देवेन्द्र केसी, मिनकृष्ण महर्जन
निगरानीमा रहेका गुन्डा नाइके
काजी शर्पा, अशोक लामा, वीरेन्द्रलाल श्रेष्ठ, आङकाजी शेर्पा, रगुनाथ पुरी, बिष्णु लामा, अभिमान सिंह बस्नेत, आशिस राई, प्रकाश गुरुङ, बिजय गरुङ, किरण पाण्डे, बिज्ञान राई, राजु खड्का, बिजय लामा, युद्ध लामा, प्रकाश बस्नेत, बिनय मगर, निमा लामा, दिप राई, असिम रुम्बा, बिशाल बटुक, संजय डगोल, राजेश लामा, संजिब गरुङ, सोनाम थले, उमेश लामा, रामेश्वर गौतम, अनिल हेक्का, अभिषेक गिरी, राम गिरी, दिपक थापा, रोज राणा, अशोक लामा, राम गिरी, तीर्थ लामा, रविन चौधरी, टोकल लामा, कृष्ण पाण्डे, अमृत लामा, अजय थापा, जित लामा, अभिमन्यु राना, बाला लामा, धनबहादुर लामा, अशिष श्रेष्ठ, दुर्गा तामाङ, मिलन लामा, विनोद पन्त, सूर्य लामा, जीवन लामा, अशोक लामा, फुर्वा लामा, पन्चे लामा, श्री शाही, खगेन्द्र लामा, कमल भण्डारी, अदीप लामा, राम परियार, चन्द्र लामा, दमन बस्नेत, रमेश सुनुवार, कुमार गुरुङ, केशव लामा, सञ्जय लामा, रमेश श्रेष्ठ, महिला लामा, दीपेन्द्र लामा, देव गुरुङ, राकेश श्रेष्ठ, प्रदीप थापा, राजेन्द्र अधिकारी, रोहित सुनुवार, सुनिल लामा, विनोद श्रेष्ठ, विष्णु मानन्धर, सुरेन्द्र गुरुङ, साजन महर्जन, भीम गुरुङ, मनराज गुरुङ, कुमार गिथ्ही, काजी शेर्पा, सञ्जय डंगोल, प्रवेशमान श्रेष्ठ, डल्लुसिंह गुरुङ, गोकुल शिवाकोटी, सन्ते राना, खड्ग रायमाझी, चाइनिज गुरुङ, प्रतीक श्रेष्ठ, तेन्जिङ लामा, बद्री गुरुङ, रवि कपाली, अञ्जु राना, भीमसेन गुरुङ, प्रदीप काले, विनोद थापा, रवि कार्की, सुदीप श्रेष्ठ, सानो बाबु, सुरज श्रेष्ठ, नितेश केसी, सागर तामाङ, सन्तोष कुँवर, पारस लामा, निकेस थापा, सुनिल तामाङ, सन्नी श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, प्रकाश गुरुङ, दावा गोले, भीमदेव कार्की, नारायण तामाङ, सागर थापा, सुनिल अमात्य, रोशन मगर, अनिल अमात्य, किसमत गुरुङ, रमेश बस्नेत, जितबहादुर तामाङ, अखिल खड्का, रामु श्रेष्ठ, निर्मल लामा, राजन थापा, जित गुरुङ, राजेश महर्जन, शंकर लामा, शिशिर थापा, धने विशाल, गल्भु गुरुङ, देवराज गुरुङ, रमेशप्रताप शाह, लालबहादुर आले, सूर्यमान तामाङ, नवराज गुरुङ, रितेश थापा, धनबहादुर लामा, सुमन रमतेल, निराज पौडेल, दिनेश रमतेल, महारानी डंगोल, विक्रम गुरुङ, अमृत के.सी, श्यामकृष्ण महर्जन, विज्ञान श्रेष्ठ, शशी अधिकारी, मनोज तुलाधर, नितिन खड्का, माधव थापा, मनोज श्रेष्ठ, सुजन पौडेल, सोल्टी गुरुङ, भरत श्रेष्ठ, पवन लामा, श्यामबहादुर गम्बे, सुनिल कामी, सुरज लामा, दीपेन्द्र अधिकारी, बुद्धि कार्की, पुष्प श्रेष्ठ, बालकृष्ण रञ्जितकार, आकाश श्रेष्ठ, सुमनरत्न शाक्य, मानबहादुर तिमिल्सिना, समिरमानसिंह बस्नेत, सुदर्शन थापा मगर, तेजबहादुर कार्की, छिरिङ शेर्पा रक, प्रकाश खड्का, सुजन गुरुङ, बुढा पाख्रिन, सागर श्रेष्ठ, विदुर थापा, सुदीप थुलुङ, सुरेन्द्र बस्नेत, पूर्ण लामा, सन्जु क्षेत्री, नितेस शाही, राजु ग्वारा, लायन महर्जन, राशेक महर्जन, दधि महर्जन, सगुन श्रेष्ठ (सानो), रिगल भनिने योग ढकाल, गुरु भनिने देवेन्द्र केसी, गौरव तिवारी, विकास पुन, रमेश पौडेल, (रमेश बाहुन) सुजन पौडेल, बोका भनिने गंगा लिङदेन, राजीव स्याङतान, शिवजी महतो, सन्तोष गुरुङ, राहुल श्रेष्ठ, प्रकाश बुढाथोकी, रबी सिलवाल, काले भनिने अम्बरबहादुर रानामगर, अजय थापा, श्याम लामा, बसन्त थेवे, सन्दीप पाठक, निरञ्जन खड्का, प्रेम श्रेष्ठ

प्रहरीको सूचीमा रहेका यी मध्य गणेश लामा, दिपक मनाङ्गे, रमेश बाहुन, समिरमान सिंह बस्नेत लगाएत जेलमा छन् । तर, उनिहरुको आसेपासेहरुले अहिले पनि धन्दा चलाइरहेको भन्दै प्रहरीले निगरानी बढाएको बताएको छ ।
सिन्धुपाल्चोकमा सगुन आतंक
राजधानी बाहिर पनि अहिले सिन्धुपाल्चोकमा केही नेताको आडमा सगुन श्रेष्ठको समुहले आतंक मच्चाइरहेको भन्दै प्रहरीले निगरानी बढाएको छ । सुरुमा माओवादीको आशिर्वादामा हुर्किएका सगुनलाई अहिले सिन्धुपाल्चोका चल्ताफुर्ता नेपाली काँग्रेसका एक नेताले संरक्षण गरेको बुझिएको छ । उनि पटक पटक अपहरण पछि अशुली लगाएतको आरोपमा जेल समेत परिसकेका छन् । अहिले पनि उनिमाथि राजनीतिक आडमा निर्माण व्यावसायीहरूलाई धम्की दिएर प्रत्येक ठेक्काबाट २ देखि ३ प्रतिशतसम्म रकम लिने, जलबिरे, बराम्चीलगायतमा सञ्चालित विभिन्न जलविद्युत आयोजना, विकास निर्माणका कार्यहरू अवरोध गरेर रकम असुल्ने लगाएतको आरोप लाग्दै आएको छ । प्रहरी स्रोतका अनुसार, सगुन समुह बाहेक बमबहादुर श्रेष्ठ, निरन्जन खड्का, राहजु श्रेष्ठ, प्रेम श्रेष्ठ, रवि सिलवाल लगाएतले पनी छुट्टै समुह बनाएर धन्दा चलाइरहेका छन् ।

प्रहरीमा जाहेरी कम पुग्दा थप समस्या
पूर्व एआइजी जयबहादुर चन्दका अनुसार, गुण्डाबाट पीडित भएका हरु त्रास कै कारण हत्तपत्त प्रहरीकोमा जाहेरी दिन नै पुग्दैनन् । उनिहरु गुण्डाले केही गर्ने डरका कारण समस्या लुकाएर बस्न बाध्य छन् । प्रहरीले समात्यो भनेपनि राजनीतिक पहुँच र पैसाका कारण कारवाहीमा समस्या हुन्छ । प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, कतिपय जेलमा परेका गुण्डानाइकेहरुले समेत भित्रैबाट आपराधिक धन्दा चलाएका छन् । अब भने गुन्डागर्दीका बलमा समाजमा आतंक मच्चाउने कसैलाई नछाड्ने प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया