होमस्टे एशोसियसन नेपाल (होसान) गण्डकी प्रदेशको अध्यक्षमा हरिलाल पौडेल

पोखरा– होमस्टे एशोसियसन नेपालको गण्डकी प्रदेशको अध्यक्षमा हरिलाल पौडेल चुनिुभएको छ । गण्डकी स्तरीय भेलाले हरि पौडेलको अध्यक्षतामा १३ सदस्य रहेको प्रदेश स्तररिय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा तनहुँका राजु वानियाँ सचिबमा नवलपुरका धनि राम गुरौ, सहसचिब कास्कीका कृष्णप्रसाद तिमील्सिना, कोषाध्यक्षमा लमजुङकी गमिमाया गुरूङ र सह–कोषाध्यक्षमा कास्कीकी लक्ष्मी गुरूङ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा अर्जुन लम्साल, जीवन सुनार, मुना थापा मगर , विन्दु राना, रिमवहादुर आले र प्रेमबहादुर गुरुङ चयन भएका छन् ।

९ जिल्लाका ४७ वटा होमस्टेको सञ्चालकको सहभागीतामा प्रदेशस्तरीय समिति गठन गरिएको हो । तारा गाउँ विकास समितीका अध्यक्ष नारद कुमार लुुईँटेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा होसानका केन्द्रीय अध्यक्ष भीम केसी विषेश अथिति रहनुभएको थियो । कार्यक्रमको सभापतित्व भने धनिश्वर वस्यालले गर्नुभएको थियो ।

कार्यक्रमका होसानका केन्द्रीय उपाध्यक्ष धनिश्वर वस्यालले होमस्टेको वर्तमान अवस्था शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटनका विभिन्न फरक विधा मध्ये होमस्टे व्यवसाय नेपाललाई सुहाउँदो तथा छोटो समयमै लोकप्रिय र स्थापित नमुना व्यावसाय रहेको कुरा बताउनुभयो ।  शुभकामना मन्तव्यको क्रममा टान पोखराका अध्यक्ष दिपक अधिकारीले गास र वासको लागी विदेशीएको युवा पिडीलाई होम स्टे मार्फत देशमा स्वरोजगारको अवस्था सृजना गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो भने  पर्यटन कार्यलय पोखराका प्रमुख शालिकराम रेग्मीले  होमस्टे संचालन कार्यविधिको कार्यन्वयन र आथित्यतामा जोड दिनु पर्ने कुरा उल्लेख गर्नु भएको थियो ।

होसानका केन्द्रीय महासचिब एबं कावास्वती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया थारूले  प्राकृतिक तथा साँस्कृतीक विविधताले सम्पन्न गण्डकी प्रदेशमा चल्ने होमस्टेहरू आ–आफ्नै पहिचान हुनुपर्ने र  जसको माध्यमद्वारा पर्यटकहरूलाई  खुसि पार्न सकिने कुरा वताउनुभयो ।

कार्यक्रममा पर्यटनविद् वासुदेव त्रिपाठीले ग्रामीण परिभेषमा न्यून आय भएकाहरूले थोरै लगानीमा स्वरोजगार सिर्जना गरि संञ्चालन गरिने होमस्टे दर्ता तथा नविकरणको लागी चर्को शुल्क लिन नहुने कुरामा जोड दिनुभएको थियो । होसान केन्द्रीय अध्यक्ष भीम केसीले होमस्टेको इतिहास बोकेको शिरूवारी, घले गाँउ रहेको प्रदेश गण्डकी प्रदेश र देशभरी छरिएर रहेका होमस्टेहरूको छाता संंगठन होसान होमस्टेको विकास तथा विस्तारमा लागेको वताउनुभयो ।

नेपालमा होमस्टेको इतिहास देखि वर्तमान सम्म होमस्टेको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको संस्था तारा गाउँ विकास समितिका अध्यक्ष कार्यक्रमका प्रमुख एंब अथिति नारद कुमार लुईँटेलले होमस्टेको विकास र विस्तारमा तारा गााउँपालिका सधै लागिरहने कुरा प्रष्टयाउनु भएको थियो । होसान केन्द्रीय सदस्य दिल कुमारी राना, टान पोखराका अध्यक्ष दीपक अधिकारी, भिटोपका अध्यक्ष रबिन्द्र राज पौडेल, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली लगायतका अथिती बक्ताहरूले ग्रामिण पर्यटनमा होमस्टेको महत्व वारे आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको दोस्रो शत्रमा होमस्टे प्रोफाइलको लागि फारम वितरण, विवरण संकलन र छलफल गरिएको थियो भने अन्तिम शत्रमा प्रदेश स्तरीय कमिटी गठन गरिएको थियो ।

Published On:  649पटक हेरिएको

तपाईको प्रतिक्रिया