प्रशिक्षण्मा व्यस्त मिस व्युटिसियन ट्यालेन्ट सरिता

काठमाडौं– मिस व्युटिसियन ट्यालेन्ट सन् २०१८ को ताज पहिरिन सफल सरिता भारती पछिल्लो समय व्युटिसियन प्रशिक्षणमा व्यस्त छिन् ।

गत चैतमा सम्पन्न भएको मिस व्युटिसियन प्रतियोगितामा सबैभन्दा अब्बल सावित हुँदै ताज पहिरिन सफल सरिता पछिल्लो समय आभाष ट्रेनिङ सेन्टर अनामनगर र अञ्जली व्यूटी

पार्लर एण्ड ट्रेनिङ सेन्टर लगायतमा प्रशिक्षण दिने काममा व्यस्त छिन् ।

मिस व्युटिसियनको उपाधि जिते पश्चात उनले विभिन्न म्युजिक भिडियो र कार्यक्रमको लागि मेकअप आर्टिसिट डिरेक्टरको भूमिका समेत निर्वाह गरिरहेकी छन् ।

व्युटिसियनका अलवा मोडलिङमा पनि सक्रिय रहेकी सरिताले यिनै दुवै क्षेत्रलाई आफ्नो क्यारिअर बनाउने सोचमा रहेको बताउँछिन् ।

गोरखा स्थायी घर भई हाल काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएकी सरिताले विगत ५ बर्षदेखि मोडलिङ र व्युटिसियन रूपमा आफ्नो करिअर डपलोप गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया