दोस्रो वाइड बढिले थाइलाण्डको बैककबाट उडान भर्ने

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान भर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउादो मङ्गलबारसम्म उडान थाल्ने भएको हो ।

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौं अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो ।

Published On:  139पटक हेरिएको

तपाईको प्रतिक्रिया