विदेशिने युवाको संख्या घट्यो

काठमाडौं । पछिल्लो समय क्रमश: विदेश जानेको संख्या घटेको तथ्याङ्कले देखाएको छ । सरकारी तयाङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दो क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७१/७२ सम्म वाषिर्क ५ लाख जना वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसपछि भने क्रमश घट्दै गएको वैदेशिक रोजगार प्रबद्धन बोर्ड अन्तर्गत वैदेशिक रोजगार सुधार सुझाव कर्यदलको प्रतिवेदनमा उल्लेख छ ।
संसदको श्रम समितिको छलफलमा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०६३/६४ मा वाषिर्क २ लाख जना वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्क थियो । तर पछिल्ला बर्षमा यो संख्या ५ लाखसम्म पुगे पनि त्यसपछि भने घट्न थालेको प्रतिवेदनमा उल्लेख छ ।
पहिला पुरूष कामदारहरु मात्रै वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्लो समयमा महिला कामदारको संख्या पनि उल्लेख्य बढेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया