पछिल्लो समय प्रहरी दमनका घटना बढे

काठमाडौ–दास्रो जन आन्दोलनपछि प्रहरी दमनका घटना छिटपुटमा मात्रामा घट्दै आएका थिए । तर पछिल्लो समय भने प्रहरी दमनका घटना दिन प्रतिदिन बढिरहेका छन् । कञ्चनपुर भिमदत्त नगरपालीका २ की १३ बर्षीया निर्मला पन्तको हत्या प्रकरणपछि अहिले कञ्चनपूर तनावग्रस्त छ ।

प्रहरीले बालिकाको हत्यामा संलग्न रहेको भन्दै आरोपीका नाममा नक्कली अभियुक्त सार्वजनिक गरेपछि यसको विरोधमा उत्रिएका सर्वसाधारण माथि प्रहरीले ब्यापक दमन गर्‍यो । प्रदर्शनमा प्रहरीको गोली लागेर १७ वर्षीय किशोर सन्नी खुनाको मृत्यु समेत भयो भने अहिलेसम्म १० जना भन्दा बढि घाइते भइसकेका छन् ।

प्रहरी दमनको यो पछिलो उदारण हो । संयममिता अपाउनुपर्ने ठाउँमा प्रहरीले नै घटनालाई झ्न बढवा दिदै सर्वसाधारण माथि गरेको दमनको अहिले चौतफी विरोध भइरहेको छ । केही समय अघि मात्रै चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा उत्रिएका डाक्ब्टर र अस्पतालका कर्मचारीले जुम्लामा अस्पताल भित्रै प्रहरीको कुटाइ खाए । डा. गोविन्द केसी अनसनकै क्रममा रहँदा उनको समर्थनमा काठमाडौंको नयाँ बानेश्वरमा निस्किएको र्‍यालीमा पनि प्रहरीले दमन गरेको थियो ।

उक्त घटनामा प्रहरीले कुटाइबाट १० भन्दा ब्यक्ति घाइते भएका थिए । त्यस्तै, सरकारले माइतीघर मण्डला लगायतका विभिन्न क्षेत्रमा प्रर्दशन गर्न नपाइने भनेर घोषणा गरेपछि यसको विरोधमा उत्रिएकाहरू माथि पनि प्रहरीले दमन गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी केही समयअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय पत्रकारलाई समाचार संकलनका लागि खुलेआम प्रवेश दिदा प्रवेश पास भएका नेपाली पत्रकारलाई प्रहरीले दमन गर्दै समाचार संकलनमा रोक लगाएको थियो । संविधान जारी भएपछि मधेश आन्दोलनका क्रममा पनि प्रहरीले अनावश्यक दमन गरेको आरोप लागेको थियो ।

तपाईको प्रतिक्रिया