भदौ २४ गतेदेखि दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं– भदौं २४ गतेबाट सरकारले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि हरेक बर्ष झै यस बर्षपनि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । विगत बर्षमा अग्रिम टिकट सम्बन्धी अन्योलता रहँदै आएको स्थितिलाई मध्यनजर गर्दै सरकारले यसबर्ष केही छिटो अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो ।

यातायात क्षेत्रमा रहेको व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको छ । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान भने गरिएको छ ।

तपाईको प्रतिक्रिया