प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई बाटो खुल्ला

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । मिश्रको सुनुवाइपछि समितिले मिश्रलाई सोमबार

२८ औं प्रधानन्यायाधीश बन्ने ढोका खोलेको हो । सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक प्रावधान छ । मिश्रले संसदीय सुनुवाइको क्रममा न्यायपालिकको भावी कार्य्दिशाको विषयमा २५ पेजको कार्ययोजना पेश गरेका सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

Published On:  176पटक हेरिएको

तपाईको प्रतिक्रिया