बलिउड स्टार गोविन्दा नेपालमा

काठमाडौं– थुप्रै फिल्मबाट आफूलाई स्थापित गरेका बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । छोरीका साथ शनिबार काठमाडौं आएका गोविन्दा उनी ३ दिन नेपाल बस्ने छन् । गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई आभार प्रकट गरे ।

नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी हिल्स पुग्ने गोविन्दाको कार्यक्रम तय भएको छ ।

त्यस्तै, गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसाग भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए । गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन ।

Published On:  118पटक हेरिएको

तपाईको प्रतिक्रिया