एल. एल. वि प्रथम बर्षमा झण्डै १२ हजार विद्यार्थी भर्ना

काठमाडौं– काठमाडौंको प्रर्दशनी मार्गमा रहेको नेपाल ल क्याम्पसमा झण्डै १२ हजार विद्यार्थी भर्ना भएका छन् । कानूनी शिक्षा अव्यवस्थित भएको भन्दै शुरूमा ५ सय कोटा निर्धारण भएपनि विद्यार्थी संगठनको निरन्तरको असहयोग तालाबन्दी कारण कोटा प्रणाली असफल भएपछि एल.एल. वि प्रथम बर्षमा झण्डै १२ हजार विद्यार्थी भर्ना भएका हुन् ।

नेपाल ल क्याम्पसमा ५ सय विद्यार्थी पढाउने क्षमता समेत नभएको अवस्था यो बर्ष ११ हजार ५ सय भन्दा बढि विद्यार्थी भर्ना भएका हुन् ।

यस बर्ष कोटा प्रणालीको पक्ष र विपक्षीमा लामो समयसम्म संघर्ष चलेपनि अन्नत: खुल्ला प्रणालीबाट भर्ना लिइएको थियो । प्रवेश परिक्षाको उत्तर पुस्तिका समेत विद्यार्थी संगठनका केही व्यक्तिहरूले च्यातेर फालिदिएका थिए ।

भर्नाका लागि भर्ना र रहर मात्र पूरा गर्ने परिपाटीले गर्दा नेपाल ल क्याम्पस पछिल्लो चरम अस्तव्यस्ताको शिकार बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया