‘‘मनमहोन देशकै उत्कृष्ट सामुदायिक कलेज हो’’

मनमोहन मेमोरियल कलेज काठमाडौंको सोर्‍हखुट्ेमा रहेको छ । विं. सं २०५६ सालमा स्थापना भएको यो कलेजले अहिलेसम्म हजारौ विद्यार्थीलाई शैक्षिक गन्तब्य देखाएको छ । प्लस टु देखि स्नातकोत्तर सम्मका विभिन्न संकायमा गरी अहिले यो कलेजमा १७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । प्लस टु मा यस कलेजले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी ४ वटा संकायमा अध्यापन गराउँदै आएको छ । त्यस्तै, स्नातकमा व्यवस्थापन, मानविकी र शिक्षा अध्यापन गराउँदै आएको छ भने स्नातकोत्तरमा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ ।

अन्य प्राइभेट र सामुदायिक कलेज भन्दा सस्तो शुल्क रहेको यस कलेजमा बर्षेनी विद्यार्थीको चाप समेत बढ्दो छ । यस बर्ष मनमोहन मेरोरियल कलेजको प्लस २ तहमा ४ सय ५० भन्दा बढि विद्यार्थी

 भर्ना भएका छन् । अन्य कलेजहरूको तुलनमा मनमोहन मेमोरियल कलेजको बार्षिक नतिजा पनि राम्रो रहेको छ । यस्तै विविधि सन्दर्भमा रहेर नेपाल परिक्रमा सम्बाददाताले मनमोहन मेमोरियल कलेजका क्याम्पस प्रमुख रामप्रसाद अर्यालसँग गरेको कुराकानी :

– मनमोहन मेमोरियल कलेजमा विद्यार्थीको आर्कषण कस्तो छ ?

 

मनमोहन मेमोरियल कलेज सामुदायिक कलेज हो, हामीले सस्तो शुल्क लिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौ । जो कोहीले बुझ्न सक्छ कि, मन मोहन मेमोरियल कलेज पढाइ शुल्क र अन्य निजी तथा सामुदायिक कलेजको शुल्क के कस्तो छ भनेर । हामीले विद्यार्थीलाई सस्तो शुल्कमा पढाएका मात्र छैनौ, हाम्रो बार्षिक नतिजा पनि उत्तिकै राम्रो छ । न्यून आय भएका विद्यार्थीलाई हाम्रो कलेज उपयुक्त शैक्षिक केन्द्र हो । यसकारण पनि मनमोहन मेरोरियल कलेजमा बर्षेनी विद्यार्थीको अर्काष

ण बढ्दो छ ।

–मनमोहन मेमोरियल कलेजको वर्तमान अवस्था के कस्तो छ ?
अनुभवी शिक्षक र मेहनती विद्यार्थी नै हाम्रो कलेजको प्रमुखको प्रमुख विश्षेता हो । हाम्रा विद्यार्थीे सिकाइमा निकै रूची राख्छन् । विद्यार्थीले सिकाइमा रूची राखुन भनेर हामीले त्यसै अनुरूपको वातावरण तय गरेका छौं । हाल हाम्रो कलेजमा १७ सय ५० जना विद्यार्थी र ८६ जना शिक्षक शिक्षिका रहेका छन् । हामीसँग हरेक विषय अध्यापन गराउनका लागि उपयुक्त भौति

क पूर्वाधार पनि रहेको छ । हामीले विद्यार्थीलाई जिवनउपयोगी शिक्षा प्रदान गर्दै आएका छौ । यसकारण धेरै विद्यार्थी र अभिवाहकको रोजाइ नै हा

म्रो कलेज हुने गरेको मैले पाएको छु ।

– आजको समयमा कस्तो शिक्षा विद्यार्थीले प्राप्त गनुपर्दछ ?
वास्तवमा भन्ने हो नेपालमा जीवनउपयोगी र व्यवहारिक शिक्षा दिने मामिलामा सरकारी, सामुदायिक

र निजी कलेजहरू पछि परिरहेको मैले पाएको छ । पछिल्लो समयलाई मध्यनजर गर्ने हो भने अहिले विद्यार्थीहरूमा विदेश जाने लहर नै चलेको छ । यसको पछाडीको कारण भनेको हामीकँहा व्यवहारिक शिक्षा नहुनु हो । नेपालमा व्यवहारिक भन्दा सैदान्तिक शिक्षालाई जोडक दिएको पाइन्छ । जुन नेपालमा शिक्षामा क्षेत्रमा रहँदै आएको प्रमुख समस्या हो । हामीले यो विषयलाई मध्यनजर गर्दै सम्भव भएसम्म व्यव

हारिक सिकाइमै जोड दिदै आएका छौ । मेरो भनाइको मतलब यो होकी, आजको दिनमा विद्यार्थी उपयुक्त व्यवहारिक शिक्षा नपाएसम्म दे

श विकासले फड्को मार्न सक्दैन ।

– यस कलेजका अगामी योजना के छन् ?

हामीले कसरी हुन्छ हामीले प्रदान गर्दै आएको शिक्षालाई अझै गुणस्तरीय बनाउन जोड दिनेछौ । हाल भएकै कुरालाई व्यवस्थित गर्दै विद्यार्थीको ज्ञान र शीप विकासमा हामी जोड दिनेछौ । अहिले मनमोहन मेमोरियल कलेजको नाम नसुन्ने मान्छे सायदै कमै होलान् । विद्यार्थी र अभिवाहक माझ हामी लोकप्रिय छौ र अगामी दिनमा झन् लोकप्रिय हुने कोसिस गर्नेछौ । हाम्रो अबको अर्को लक्ष्य भनको विश्वविद्यालय बन्ने हो ।

अन्त्यमा नेपाल परिक्रमा मार्फत के भन्न चाहनुहुनछ ?
नेपालमा शिक्षा क्षेत्रमा राज्यको ठ्रूलो लगानी हुँदा हुँदैपनि त्यस अनुसारको नतिजा हासिल हुन सकेको छैन । पछिल्लो समय निजी र सामुदायिक कलेजले शिक्षाको भार थामेको देखिन्छ । गुणस्तरीय शिक्षा प्रदान गर्न होस् या राम्रो नतिजा दिन होस् सामुदायिक र निजी कलेजले अगाडि देखिएका छन् । शिक्षा क्षेत्रमा निजी र सामुदायिक कलेज भू

मिका महत्वपूर्ण छ । यसकारण सरकारले तीनै पक्षवीच उपयुक्त साझेदारी गरी शिक्षा क्षेत्रलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्छ ।

तपाईको प्रतिक्रिया