सेल्फ डिफेन्सको ३ महिने अभिायन शुरू

काठमाडौं–नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेशनको आयोजनामा सेल्फ डिफेन्सको ज्ञान बाढ्दै महिला हिंसाको न्यूनिकरण गर्ने उदेश्य तीन महिने अभियान शुरू भएको छ । गएको शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रम मार्फत युवा तथा खेलकूद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले अभियानको उद्घाटन गर्नु भएको हो ।

अर्गनाइजेशनका अध्यक्ष डि. वी. रानापालका अनुसार महिलालाई सेल्फ डिफेन्सको ज्ञान

दिदै भइपरी आउने जोखिम र महिला हिंसाका घटनालाई न्यूनिकरण गर्ने उदेश्यले सञ्चालित यो अभियान सातै प्रदेशका विभिन्न ठाउँमा तीन महिनासम्म चल्ने छ ।

सेल्फ डिफेन्सकी मुख्य प्रशिक्षक सञ्जु महर्जनको संयोजकत्वमा सञ्चालन हुने यो प्रशिक्षणमा सेल्फ डिफेन्सका १५ जना प्रशिक्षकहरूले देशका विभिन्न ठाउँमा पुगेर सेल्फ डिफेन्सको ट्ेरनिङ दिने छन् । तीन महिने अभियानको उद्घाटन गर्ने कार्यक्रममा नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेशनले विभिन्न क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान पनि गरेको थियो ।

यसरी सम्मानित हुनेमा ज्ञान ज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाकी निवर्तमान अध्यक्ष मम्मई लामा, काठमाडौं मेडिकल कलेजका बरिष्ठ प्रशासकीय प्रबन्धक प्रकाश कुमार भटुराई, काठमाडौं महानगरपालिका वडा नम्बर ९ का वडासदस्यद्वय टेकराज अधिकारी, सृजना भेट्वाल, युवा उद्यमी अशोक कुमार श्रेष्ठ, पत्रकार लक्ष्मी बस्नेत, सरिता श्रेष्ठ र बाबुराम तिमिल्सिना सम्मानित भएका हुन् । सम्मानित हुनेलाई युवा तथा खेलकूद मन्त्री जगत बहादुर सुनार ( विश्वकमा) ले दोसला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया