मनमोहनका २ हजार विद्यार्थी महिला हिंसा विरूद्ध उत्रिए ( फोटो फिचर सहित )

काठमाडौं– मनोमोहन मेमोरियल कलेजका विभिन्न संकायमा अध्ययनरत २ हजार विद्यार्थी महिंला हिंसा विरूद्धमा उत्रिएका छन् । मंहिला हिंसा विरूद्धको १६ दिने राष्ट्रब्यापी अभियानलाई साथ दिदै विद्यार्थीले सोमबार र्‍याली निकालेका हुन् ।

सामुदायिक प्रहरीको सँगको साझेदारीमा मनमोहन मेमोरियलका विद्यार्थीहरूले निकालेको बाजा गाजा सहितको र्‍यालीले काठमाडौं नयाँ बजार आसपासका विभिन्न ठाउँहरू परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागी भएका विद्यार्थी मंहिला हिंसा रोकौ, महिला माथि हुने यातना बन्द गरौ भन्ने लगायतका पर्चाहरू बोकेका थिए । महिला हिंसा विरूद्धको यो र्‍यालीमा स्थानीय, विभिन्न संघ संस्थाका प्रतिनिधिको पनि सहभागिता थियो ।

तपाईको प्रतिक्रिया