सूर्य उपासनाको पर्व छठको तयारी तीव्र

महोत्तरी, ३० कात्तिक : सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मा

घान्द्रुकका होमस्टेमा पर्यटक खचाखच

गण्डकी, २३ कात्तिक : कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौँ पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्टे) र होटलमा पाहुना भरिभराउ रहेको बताउनुहुन्छ । “अहिले दैनिक १५ सयदेखि १७ सयसम्म पर्यटक घान्द्रुक आइरहेका छन्, जसमा आन्तरिक पर्यटक नै बढी छन्”, उहाँ भन्नुहुन्छ, “घान्दु्रक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जा

विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा

गोरखा, २० कात्तिक : पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो । मनास्लु

मुग्लिन पोखरा सडकखण्ड : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

तनहुँ । २० कात्तिक : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना

मौलाउँदो भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

म्याग्दी, १६ कात्तिक : शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ आफन्तसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् । य

थप हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, १५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृत

बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?

गण्डकी, १५ कात्तिक : कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा हुनुहुन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उहाँको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् ? कुनै ठेगान छैन । “आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो”, उहाँले भन्नुभयो, “स

नेपालीपनमा सजिनु भएका महासचिव गुटेरेस

पोखरा, १३ कात्तिक : पोखरा भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लनुभएका उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहि

नेपाल पर्वतारोहण सङ्घको स्वर्ण महोत्सव : विश्वका आरोही नेपाल आउँदै

काठमाडौँ, १२ कात्तिक : विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण भूमिका रहेको छ । तिनै पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घले स्थापनाको ५० वर्ष मनाउदैँछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रम

काठेपुलले जोडिदै शे –फोक्सुण्डो ताल

जाजरकोट, १२ कात्तिक : शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदल फोक्सुण्डो ताल पुग्ने गर्दछन्