रियो ओलम्पिकमा अमेरिकाको अग्रता कायमै

साउन २८ । अमेरिका ब्राजिलमा जारी को मेडल तालिकामा शीर्ष स्थानमा कायमै रहेको छ । शनिबारदेखि सुरु भएको रियो ओलम्पिकमा अहिलेसम्म अमेरिकाले ११ स्वर्ण, ११ रजत र १० कास्य गरी कुल ३२ पदक जित्न सफल भएको छ । अमेरिकाले ८ स्वर्ण पौडी तथा सुटिङ, साइक्लिङ रोड र आर्टिस्टिक जिम्यास्टिकबाट समान एक–एक स्वर्ण जितेको छ । त्यस्तै, चीनले १० स्वर्ण, ५ रजत र ८ कास्य गरी कुल २३ पदक जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ

खेल समयअवधिभर टिकिन् फुपुल्हामु

साउन, २६ ।  ओलम्पिकका लागि बिदाइको बेला जुडो खेलाडी फुपुल्हामु खत्रीले पूरा समय म्याटमा टिक्ने लक्ष्य लिएको बताए अनुरूप हुनी म्याटमा टिक्न सफल भइन् । ब्राजिलमा मंगलबार सागकी स्वर्ण विजेता फुपुले तोकिएको ४ मिनेट क्युबाकी इस्पिनोसा मारिसेटसाग प्रतिस्पर्धा गर्दै ओलम्पिक लक्ष्य पूरा गरेकी छन् । पूरा समय विपक्षीलाई चुनौती दिएकी फुपुले नेपाली जुडोमा कीर्तिमानी प्रदर्शनसमेत गरिन् । यसअघि ओलम्पिकम

रियो ओलम्पिकमा थोरै प्रतिस्पर्धी

एजेन्सी–साउन । यो पटकको रियो ओलम्पिकमा सहभागी खेलाडीको संख्यामा निक्कै कमि आएको छ । र पनि ओलम्पीक रौनकताका साथ पुरा हुने अपेक्षा गरिएको छ । रियो ओलम्पिकमा सहभागी खेलाडीहरूमध्ये नेपालकी गौरीका सिंह सबैभन्दा कान्छी खेलाडी भएकी छिन । रियोमा पौडी मार्फत् नेपालको प्रतिनिधित्व गर्न लागेकी सिंह मात्र १३ वर्षकी हुन् । ओलम्पिक प्रतिस्पर्धामा उनीसँगै अन्य राष्ट्रका थुप्रै युवा खेलाडी पनि सहभागी हुँदैछन् ।

आर्मी बक्सिङको टिम च्याम्पियन

काठमाडौं–साउन । त्रिभुवन आर्मी क्लब प्रथम अन्तरक्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । काठमाडौंको लैनचौरस्थित टेबलटेनिस हलमा सोमबार सम्पन्न  फाइनलमा कुल पाँच स्वर्ण पदकका साथ आर्मी टिम च्याम्पियन बनेको हो । ४९ केजी तौल समूहमा नक्सालका सुशील थापाले आर्मीका मिसल दिप सुनुवारलाई अंकका आधारमा हराउँदै स्वर्ण पदक जिते । यस्तै, ५२ केजीमा आर्मीका करण चौधरीले आफ्नै क्लबक

खस्किदै महिला भलिबल

काठमाडौं–साउन । भारतसँगको दुबै मैत्रीपूर्ण खेलमा नेपाली महिला भलिबल टोली पराजित भएको छ । राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा सम्पन्न दुई दिने मैत्रीपुर्ण खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएपछि महिला राष्ट्रिय टिमको क्षमता खस्किएको हो कि भन्ने आसंका पैदा भएको छ । नेपाली महिला टोली भारतीय खेलाडीको सामु चल्न नसक्दा दुबै खेल नेपालको पक्षमा देखिएन । नेपाली महिला भलिबल टोली भन्दा बढी नै हाबि भएका

सरकारले गऱ्यो सागका पदक विजेतालाई सम्मान

काठमाडौं–साउन । सरकारले १२ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भारतमा सम्पन्न १२ औं सागमा नेपाललाई ६० पदक दिलाउन सफल खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गर्नुभएको हो । नेपालले १८ खेलमा ३ स्वर्ण, २३ रजत र ३४ वटा काँस्य गरी ६० पदक जित्न सफल भएको थियो । व्यक्तिगततर्फ स्वर्ण पदक जितेकी जुडोकी फुपु ल्ह

मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

काठमाडौं–साउन । नेपाली राष्ट्रिय महिला भलिबल टोली मैत्रीपूर्ण खेलमा भारतसँग पराजित भएको छ । राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा आज सम्पन्न उद्घाटन खेलमा भारतसँग ३/० को सोझो सेटमा पराजित भएको हो । विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाल पहिलो सेटमा २५/२० ले पराजित भएको थियो । एसियन गेम्स्मा सहभागीता जनाएका खेलाडीको बाहुल्य रहेको भारतसँग नेपाल दोश्रो सेटमा २५/१९ ले पराजित भयो । उल्लेख्य दर्शकको उपस

फेडेररले ओलम्पिक नखेल्ने

काठमाडौं–साउन । विश्व नम्बर ३ टेनिस स्टार रोजर फेडेरर ब्राजिलमा हुने आसन्न रियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । घुँडाको चोटका कारण फेडेरर ओलम्पिक र सन् २०१६ को पूरा सिजन कोर्ट बाहिर रहने भएका हुन् । गत फेब्रुअरीमा घुँडाको शल्यक्रिया गराएका फेडेररले मेमा भएको फ्रेन्च ओपन टेनिसबाट पनि नाम फिर्ता लिएका थिए । लामो खेल जीवनका लागि आफू स्वस्थ्य रहन जरुरी रहेको स्विट्जरल्याण्डका ३४ वर्षीय फेडेररले बता

महिला क्रिकेटको उपाधी एपीएफलाई

काठमाडौं–साउन । विभागीय टोली एपीएफले राष्ट्रिय महिला छनोट च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पूर्वाञ्चल विकास क्षेत्रलाई १० रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । वर्षाका कारण १० ओभरमा खेल छोट्याइएको थियो । टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित १० ओभरमा एक विकेटको क्षतिमा ६४ रन बनाएको थियो । ओपनर ज्योती पाण्डेलाई ८

रियो ओलम्पिकमा जाने खेलाडी बिदाइ

काठमाडौं–साउन ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले रियो ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई बिदाइ गर्नु भएको छ । ब्राजिलको रियो ओलम्पिकमा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा अफिसिललाई राष्ट्रपति भण्डारीले आज शीतल निवासमा बिदाइ गर्नुभएको हो । उहाँले जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका जितबहादुर मोक्तान, पौडीका शिरिष गुरूङ, एथ्लेटिक्सका हरि रिमाल र सरस्वती भट्टराई तथा तेक्वान्दोकी निशा रावललाई फुलमाल