न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टीको फाइनलमा

चैत १० । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हराउदै न्यजिल्याण्ड सेमिफाईनलमा प्रवेश गरेको हो ।  खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गप्टीलको ८० रनको मद्दतले १ सय ८० रन बनायो ।जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित  २० ओभरमा ५ विके

बार्सिलोना युरोपियन च्याम्पियन्स लिगकने क्वार्टरफाइनलमा

चैत,४ । साविक विजेता बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदान नाउ क्याम्पमा भएको लिगको दोस्रो लेग खेलमा इंलिस क्लब आर्सनललाई बार्सिलोनाले तीन–एक गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाले पहिलो लेग दुई–शून्यले जितेको थियो । पहिलो र दोस्रो लेग गरी समग्रमा आर्सनललाई ५–एक गोलअन्तरले पराजित गर्दै बार्सिलोना क्वार्टर फाइनलमा प्रवेश गरेक

आइसीसीले नेपाललाई राख्यो शर्त

चैत, ३ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नेपाल र नामिवियाबीचको खेल टियू मैदानमा खेलाउन शर्त अघि सारेको छ । नेपाल र नामिबियावीच आगामी वैशाख ४ र ६ मा कीर्तिपुरस्थित टियू मैदानमा खेल आयोजना गर्नका लागि आईसीसीले नेपालमाथि दुई सर्त अघि सारेको हो । बुधबार एक बिज्ञप्ति जारी गर्दै आइसीसीले मैदानको अबस्था र खेलाडी सुरक्षाको आश्वशन दिन सके मात्र

न्युजिल्याण्डको विजयी सुरुवात

चैत २ । भारतमा जारी आईसीसी टी–२० वल्र्डकप क्रिकेट अन्तर्गत दोस्रो चरणको खेलमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । सुपर टेन अन्तर्गत गएराति नागपुरमा भएको खेलमा न्युजिल्याण्डले घरेलु टोली भारतलाई ४७ रनले हराएको हो । सुपर टेन अन्तर्गत समूह ‘दुई’ को खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउंदा अल आउट भयो । भारतका कप्तान महेन्द्रसिंह

क्योकुसिन करातेकी प्रशिक्षक सन्जु महर्जन सम्मानति

काठमाडौं–क्योकुसिन करातेकी प्रशिक्षक सन्जु महर्जन सम्मानति हुनुभएको छ । आइतबार काठमाडांै जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा प्रशिक्षक महर्जन सम्मानित हुनुभएको हो । लामो समयदेखि क्योकुसिन करातेकी प्रशिक्षको रूपमा रहनुभएकी महर्जनलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गर्न आयोजित कार्यक्रममा प्रमाणपत्र सहित खादा ओडाएर सम्मान गरिएको हो । महर्जन यसअघि नेपाल सरकारद्वारा प्रतिभा

मलेसियासँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा

काठमाडौं–चैत, १ ।  मलेसियासँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल कोच ग्योटुकी कोजीले४४ जना खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन् । केही दिन अघि नेपाली फुटबल प्रशिक्षकको जिम्मा पाएका कोजीले छनोट भएका खेलाडीलाई मंगलबारदेखि बन्द प्रशिक्षणमा बोलाएका छन् । कोजीले साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र भरखरै सम्पन्न सिमरा गोल्ड कपका आधारमा खेलाडी छनोट गरे

सामाचार गलत भएको क्यानको ठहर

काठमाडौंं–फागुन २८ । केही दिनअघि प्रकाशित आईससी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणअन्तर्गत नेपाल र नामिवियाबीचको खेल भारतको नोयडामा हुने समाचार सत्य नभएको भन्दै नेपाल क्रिकेट संघ क्यानले प्रेस विज्ञप्ति निकालेको छ । केही दिनअघि भारतीय अनलाइन र नेपाली अनलाइनमा प्रकासित समाचार सत्य नभएको भन्दै क्यानले विहीवार प्रेस विज्ञप्ति निकालेको हो । क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आईसी

सिमरा गोल्डकपमको फाइनलमा रूपन्देही एघार र विजय युथ क्लब भीड्ने

बारा–फागुन २८ । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि रूपन्देही एघार र विजय युथ क्लब हेटौंडाबीच प्रतिस्पर्धा हुने भएको छ । बाराको सिमरामा हिजो भएको दोस्रो सेमिफाइनमा वीरगञ्ज युनाइटेड क्लबलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै रूपन्देही एघार फाइनलमा पुगेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसरलाई सदुपयोग गर्न सकेन

विक्रम लामा ट्रायलका लागि इन्डोनेशियाका क्लबमा खेल्ने

फागुन २३ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी विक्रम लामा इन्डोनेशियाका विभिन्न क्लबाट व्यवसायी फुटबल खल्ने भएका छन् । लामाले इन्डोनेशियाको विभिन्न क्लबबाट ट्रायल दिएपछि कुनै एउटा क्लबमा आवद्ध भई व्यवसायिक फुटबल खल्ने मछिन्द्र फुटबल क्लबका पूर्व महासचिव नविन चित्रकारले जानकारी दिनुभयो । लामा इन्डोनेशिया भोलि प्रस्थान गर्नेछन् ।

बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीलाई

धरान, फागुन २३ । बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो । जितसँगै बुढासुब्बा गोल्डकपको उपाधिमा मनाङले बिराट गोल्डकपमा व्यहोरेको हारको बदला समेत लिएको छ । धरानस्थित एन्फा टेक्लिकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि ६७ औं मिनेटमा ओलावलले विजयी गोल गरेका थि