काबुल विस्फोट–१२ नेपालीको मृत्यु, समवेदनाको होडबाजी

एजेन्सी–असार ६ । अफगानिस्तानको राजधानी काबुलमा तालिवान विद्रोहीले गरेको आत्मघाती विस्फोटमा परी १२ नेपालीले ज्यान गुमाएका छन् । घटनामा ७ नेपाली र ४ अफगानी घाइते भएको बताइएको छ । विस्फोटको जिम्मेवारी अफगानिस्ताको विद्रोही संगठन तालिवानले लिएको छ । नेपाली सुरक्षागार्ड चढेको मिनी बस पूर्वी शहर जलालबाद गइरहेका बेला पैदल रहेका आत्मघाती आक्रमणकारीले विष्फोट गराएका थिए । अफगानिस्तानको आन्तरिक मामिला मन्त

मलेसियामा मृत्यु हुने नेपाली कामदारमा ह्दयघात बढि

जेठ ३१ । मलेसियामा ज्यान गुमाएका नेपालीहरु मध्ये झण्डै ७० प्रतिशतलाई ह्दयघात हुने गरेको तथ्य खुल्न आएको छ । गत वर्ष ४ सय ६१ जनाको मृत्यु भएका मध्ये ७० प्रतिशतको ह्दयघातका कारण मृत्यु भएको नेपाली दूतावासले जनाएको हो । दूतावासका अनुसार लामो समयसम्म काम गर्ने, विशेष गरेर तातो घाममा काम गरेकाले ह्दयघात हुने गरेको छ । अन्य ३० प्रतिशतको मृत्यु भने कार्यक्षेत्रमा हुने दुर्घटना, अत्यधिक मदिरा सेवन र आत्मह

नेपाली कामदारको संख्या बढाउन इजरायल सकारात्मक

एजेन्सी–जेठ । इजरायलले नेपालबाट थप कामदार मगाउने सकारात्मक संकेत दिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग जेरुसेलममा भएको भेटपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिनुभएको हो । उहाँले बैद्यानिक प्रक्रिया मार्फत विभिन्न क्षेत्रगत काममा कामदार बृद्धि गर्न सकिने संकेत गर्दै छिट्टै दुबै देशबीच प्रक्रिया सुरु गरिने संकेत दिनुभएको बताइएको छ

कुबेतमा अलपत्र नेपाली चेलीको उद्धार

काठमाडौं– जेठ ३ । वैदेशिक रोजगारीका क्रममा कुबेतमा अलपत्र परेकी नवलपरासी दाउन्नेदेबी–६ गंगाबस्तीकी २९ बर्षीया कमला कसीलाई उद्धार गरि स्वदेश फर्काइएको छ । महानगरीय अपराध महाशाखाको विशेष पहल तथा कुबेत स्थित नेपाली दुतावास  र सम्बन्धित निकायहरु समेतको समन्वयमा उद्धार गरी केसीलाई स्वदेश फर्काइएको हो । २०७० फागुन ११ गते रोजगारीका लागि कुबेत स्थित सब्बा सालिममा पुरेर घरायसी कामदारको रुपमा कार्यरत रहेकी

खाडी मुलुकमा महिला प्रतिबन्ध फुकुवा

काठमाडौं–बैशाख । खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच  श्रम तथा रोजगार मन्त्रालयले प्रतिबन्ध फुकुवा गरेको हो। खाडी मुलुकमा घरेलु श्रमिक महिलामाथि चरम शारीरिक, आर्थिक शोषण भएको भन्दै २०७० असोजमा तत्कालीन सरकारले रोक लगाएको थियो। सरकारले बैध बाटो बन्द गरेपछि कतिपय महिला अबैध बाटो प्रयो

कतारमा अलपत्र परेका नेपाली नेपाल प्रहरीबाटै उद्धार

काठमाडौं–वैशाख २३ । कतारमा अलपत्र अवस्थामा रहेका एक नेपालीको  नेपाल प्रहरीको पहलमा उद्धार गरिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा रामेछाप खिम्ती–७ घर भएका विष्णु अधिकारी कतारबाट उद्धार भएका हुन । गत बर्षको माघमा रोजगारका लागि कतार पुगेका उनी सम्झौता अनुसरको काम र तलब नपाएपछि अलपत्र परेका थिए । कतारमा अलपत्र परेका पतीलाई उद्धार गर्न माग बोकेर अधिकारीकी श्रीमति प्रहरीको सरणमा पुगेपछि अप

कुवेतमा ८ नेपाली सहित २५ जना पक्राउ, गाँजा र रक्सी कारोबारीको अभियोग

कुवेत–बैशाख १९  लागू औषध र जाँड रक्सीको कारोवार गरेको अभियोगमा कुवेतमा ८ नेपालीसहित २५ जना पक्राउ परेका छन् । प्रहरीबाट पक्राउ पर्नेमा नेपालीसँगै इजिप्ट, भारत, जोर्डन, श्रीलंका, बंगलादेश, प्यालेस्टायन र फिलिपिन्सका नागरिक रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्थानीय प्रहरीलाई उद्यृत गर्दै जनाए अनुसार पक्राउ पर्ने अभियुक्तहरुले गाँजा तथा भाङको कारोवार गरेको भेटिएको छ । यसअघि, कुबेती प्रहरीब

कर्णेल लामा रिहाइका लागि परराष्ट्रमन्त्री थापाले गरे बेलायती अधिकारीसँग माग

काठमाडौं–बैशाख १७  । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले युद्धअपराध आरोपमा बेलायतमा कानुनी लडाइँमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामाको शीघ्र रिहाइका लागि बेलायती अधिकारीसँग माग गरेका छन्। लन्डनमा बेलायती विदेशराज्यमन्त्री ह्युगो स्वायरसँग भएको भेटमा परराष्ट्रमन्त्री थापाले पक्राउ परेको तीन वर्षसम्म पनि बहालवाला नेपाली सैनिक बेलायतबाट रिहा नहुनु दुःखद् रहेको भन्दै रिहाइको माग गरेका हुन ।

कोरियाले गर्यो नेपाली कामदारको कोटा कटौती

काठमाडौं–बैशाख १६ । गत वर्ष भूकम्पका कारण नेपाली कामदार कोटा बढाएको दक्षिण  कोरियाले यो वर्षको कोटा घटाएको छ। देशको अर्थतन्त्रमा देखापरेको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर रोस्टरमा रहेकाको संख्या बढी भएका कारण नेपाली कामदारको कोटा कटौती भएको ईपीएस कोरियाले जनकारी दिएको हो।कोटा कटौतीका कारण सन् २०१७ मा हुने भाषा परिक्षामा बढीमा ३१ सय नेपाली परीक्षार्थी उत्तीर्ण हुनेछन । गत वर्ष भूकम्पका कारण ८

सुदूर पश्चिम सेवा समाज यूएईबाट ब्रेन ट्यूमर पीडित बालकलाई सहयोग

यूएई–बैशाख । सुदूर पश्चिम सेवा समाज यूएईले ब्रेन ट्यूमर रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । सुदूर पश्चिम सेवा समाज यूएईले बैतडी जिल्ला तल्लो स्वराड उदयदेब ९ का १५ वर्षिय छोरा पुष्कर सिह ठकुराठीको उपचारका लागि भन्दै एक लाख एकतालिस हजार पाच सय साठी रुपैया आर्थिक सहयोग गरेको हो । आर्थिक अवस्था एकदमै कमजोर भएका ठकुराठी गत १ बर्ष देखि टाउको दुख्ने बिरामले ग्रस्त भएको र गाउमै जडिबुटी र धामी झाँ