त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ, ४ माघ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यही माघ १५ गतेदेखि

नेपालमा विदेशी चलचित्रको छायाङ्कन

काठमाडौँ, ४ माघ : कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ । उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गर्न गरिने खर्चको सट्टा

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सल्लेरी (सोलुखुम्बु), ४ माघ : सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो । प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँ

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्

इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात

इलाम - इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ । देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौब

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा मृत्यु

चितवन, २ माघः पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनु

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौँ, २ माघ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ

त्रिशूलीमा खसेको जीप भेटियो

चितवन, २ माघ : त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

वीरगञ्ज (पर्सा), २ माघ : नेपाल खानेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल भुक्तानी गर्नेगरी धारा जडान गरिद

दाङ दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ पुस स् नेपाली कांग्रेसले दाङको भालुवाङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नंको बस गएराति दाङको देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले