नेप्सेको निरन्तर उल्टो यात्रा, लगानीकर्तामा निरासा

नयाँ सरकार गठन भएर देशले फड्को मार्ने केही आशा पलाएपनि पछिल्लो समय नेप्से भने दिन प्रतिदिन घट्दै गएको छ । ४ सय विन्दुमा लामो समय अड्एिको बजार ओरालो लाग्ने क्रमले तीव्रता पाएको छ । यहि अवस्थामा रहन्छ कि भनेर बसेका लगानीकर्ता शेयरबजार निरन्तर घट्न थालेपछि निरास भएका छन् । बजार सूचक नेप्से १३ सय ४५ मा आइपुगेको छ । नौ कारेबार दिनमा नेप्सेले ८० अंक गुमाएको छ । लगानीकर्ताहरुसँग क्षमता कमजोर बन्दै गएप

माथिल्लो तामाकोशीले शेयर जारी गर्दै

काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत  आयोजनाले दोलखाका स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रू २ अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।  दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको छ । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाले ब

आखिर को हुन् कुलमानलाई गाली गर्ने ?

रूपन्देही– भैरहवाको विशेष आर्थिक क्षेत्र सेजमा उद्योगहरु सञ्चालन आउन नसक्नुको कारण त्यहाँका व्यापारीहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लगाएका छन् । तर विद्युत प्राधिकरणले भने सेजमा आवश्यक पूर्वाधार निर्माण भइनसकेका कारण विद्युत उपलब्ध गराउन नसकेको बताउँदै आएको छ । सेजले पनि बिजुली पुगेपछि वितरणका लागि तयार गर्नुपर्ने सब–स्टेशनका लागि टेण्डर नै गरेको छैन । यसका कारण

राज्य कोष माथि बढ्दो आर्थिक ब्ययभार

काठमाडौं– एकात्मक प्रणालीबाट देश संघीय संरचनामा गएसँगै विभिन्न शिर्षकमा आर्थिक व्ययभार पनि बढ्ने निश्चित भएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भीक प्रक्षेपण अनुसार संघीयतामा संरचना निर्माण र प्रदेश सरकारको व्यवस्थापन लागि मात्र ८ सय २० अर्व लाग्ने देखिन्छ । केन्द्र र प्रदेश सरकारका संरचना निर्माण, सेवा सुविधा लगायतका कुरामा मात्र राज्यले अर्वौ रूपैयाँ खर्च गनुपर्ने छ । यसका लागि चालू आर्थिक बर

रोकिएन बढ्दो महँगी, गरिबलाई चुल्हो बाल्न गार्‍हो

काठमाडौं– नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७१/७२ मा औसत ६ दशमलव २ प्रतिशतमा रहेको मूऽास्फीती आर्थिक वर्ष २०७२/७३ मा बढेर ८ दशमलव ५ प्रतिशतको विन्दूमा पुग्यो । तर आर्थिक वर्ष २०७२/७३ को तुलनामा आर्थिक वर्ष २०७३/७४ मा मुऽास्फीति ४ दशमलव ६ प्रतिशतको विन्दूमा स्थिर देखियो । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनाको मुद्रास्फीती ३ दशमलव ९ प्रतिशतमा सिमित भएको देखिन्छ । तर नेपाल

यसरी हुँदैछ निजामति कर्मचारीको समायोजन, कर्मचारीले स्वेच्छिक अवकाश पनि लिन पाउने

काठमाडौं– संघीय संरचनामा अन्र्तगतको केन्द्र, प्रदेश तथा स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशमा जाने विकल्प यतिबेला खुला छ । कर्मचारी समायोजन ऐन २०७४ को व्यवस्थाअनुसार सरकारले पुस २८ गतेदेखि अवकासमा जान चाहने कर्मचारीको लागि निवेदन दिने ४५ दिने समयावधि तोकेको हो । सरकारले नेपाल राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार निजामती सेवा ऐन २०४९, नेपाल स्वास्थ्य सेवा ऐन २०५३, र व

हान्ताई सुनिल शाक्य ललितपुर उद्योग बाणिज्य संघको उद्योगतर्फको सदस्यमा निर्वाचित

ललितपुर । २० बर्षदेखि ब्यापार व्यवसायमा क्रियाशिल रहँदै आउनुभएका ललितपुरका हान्ताई शुनिल शाक्य ललितपुर उद्योग वाणिज्य संघको उद्योगतर्फको सदस्य पदमा निर्वाचित हुनुभएको छ । अन्य प्रतिस्प्रधीलाई उन्छिदै शाक्यले २ सय ९६ मत ल्याई उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित हुुनुभएको हो । शाक्यले ६ बर्षदेखि संघको कार्यसमितिमा रहदै कार्यसम्पादन गर्दै आउनुभएको थियो । संघको उद्योगतर्फको सदस्यमा निर्वाचित भएक

यस्तो छ सरकारी बदमासी, इम्बोस्ड नम्बर प्लेटमा करोडौंको घोटाला

काठमाडौं– २०७३ जेठ १७ गते, यातायात व्यवस्था विभागले बंगलादेशी कम्पनी डेकाटुर टाइगरसँग ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी करिब साढे ४ अर्ब रुपैयाँमा सम्झौता गर्‍यो । सोही अनुरुप भदौ ५ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने काम समेत सुरु भइसकेको छ । तर, ठेक्का प्रक्रियामा घोटाला भएको भन्दै अहिले चौतर्फी विरोधका आवाज सुनिन थालेको छ । सवारी साधनमा इम्बोस्ड

कोरियाबाट फर्केका युवाले खोले ग्लोबल मार्ट

काठमाडौं– पेप्सी टाउनप्लानिङ्गको सनसिटीसँगै खुल्यो ग्लोबल मार्ट काठमाडौको पेप्सीकोलास्थिती सनसिटिी अपार्टमेन्टसँगै रहेको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट सञ्चालनमा आएको छ ।  कम्प्लेक्समा आयोजित विशेष कार्यक्रमकाबीच वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको उद्घाटन गरे । मार्टसँगै सोही कम्प्लेक्समा ग्लोबल रेष्टुरेन्ट तथा ग्लोबल चिल्ड्रेन गेम जोन पनि सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन गर्दै

ठूला पर्वमा बजार अनुगमन कडाइकासाथ हुने

काठमाडौं– बजार अनुगमन प्रभावकारी बन्न नसक्दा दैनिकजसो उपभोक्ता ठगिदै आएको कुरा कुनै नौलो होइन । सरकारी निकायको बजार अनुगमन मौसमी र झारा टार्ने शैलीको हुँदा उपभोक्ता मारमा पर्दै आएका हुन् । खाद्यन्नमा कालो बजारी गर्ने र विचौलियाका कारण बजारमा खाद्यन्नको गुणस्तर र मुल्यमा उपभोक्ता ठगिदै आएका छन् । हरेक बर्ष सरकारले दशै तिहार र छठ पर्वको समयमा मात्र बजार अनुगमनको योजना बनाउने गर्दछ । तर बजारमा चार